एजेन्सी । हाम्रो अनुहारले व्यक्तित्वका साथसाथ हाम्रो स्वास्थ्य अवस्थाका बारेमा पनि संकेत गर्ने गर्दछ। अनुहार हेरेरै थाहा पाउन सकिन्छ की कुन व्यक्ति कति स्वस्थकर छ? मानिसको अनुहारले कयौँ विरामीको संकेत दिने गर्दछ। आज हामी तपाईलाई कस्तो परिवर्तनले कस्तो रोगको संकेत गर्दछ भन्ने बारे जानकारी दिदैछौँ :
सुख्खा ओठ : सुख्खा ओठ तथा छालाले शरीरमा डिहाइड्रेट हुनेको संकेत गर्दछ। यदी तपाईको ओठ हर मौसममा सुख्खा हुन्छ भने डायबिटीज र हाइपोथाइराडिज्मको जाँच गराउनुहोस्।
अनुहारमा रौँ : कयौँ महिलाको अनुसारमा वा ओठको माथिको भागमा रौँ पलाएको हुने गर्दछ। यसले शरीरमा शर्मोन सन्तुलन नमिलेको संकेत गर्ने गर्दछ।
अनुहार पहेँलो : यदी तपाईको अनुहारको रंगमा परिवर्तन भएको छ र तपाईको अनुहार पहेँलो देखिएको छ भने यसले शरीरमा रगतको कमी भएको संकेत दिने गर्दछ।
शरीरमा रातो दाद आउनु : तपाईको पेटसम्बन्धी समस्या छ भने शरीरमा रातो दाद आउने गर्दछ।
कपाल धेरै झर्नु : धेरै जसो मानिस कपाल झर्ने समस्याबाट पीडित हुने गर्दछन्। यदी तपाईको कपालसँगसँगै आइब्रो र परेला पनि झर्छ भने हेलचक्राइ नगर्नुहोस्। यस्तो अधिक तनाव वा ओटोइम्यून बिरामीका कारण हुने गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
