सावधान ! निन्द्राबाट एक्कासी नउठ्नुहोस्, हुनसक्छ यस्तो खतरा

निन्द्रासँग सम्बन्धित विभिन्न कुरा हामी सुन्दै आएका छौँ, जस्तै:- भरिपूर्ण निन्द्रा लिनुपर्दछ, सही तरिकाले सुत्नु पर्दछ, कुन आसनमा सुत्नु सहज हुन्छ, भरिपूर्ण निन्द्रा लिनुको के फाइदा छन् आदि। तर आज हामी तपाईलाई बताउँदैछौँ कि तपाई निन्द्राबाट कुन किसिमले उठ्नु हुन्छ, र त्यसको सिधा असर मुटुमा पर्छ ।

कतिपय मानिसहरू अत्तालिएर या एक्कासी उठ्ने गर्दछन् । तर के तपाईलाई थाहा छ कि कहिलै निन्द्राबाट ब्युझने बित्तिकै अचानक उठ्नु हुँदैन किनकी हर्ट अट्याकको सम्भावना अधिक बढ्छ । केही मानिसहरू रातिमा बाथरूम, पानी पिउन, मोबाइल चेक गर्न या अन्य कुनै कारणले उठ्ने गर्दछन् । हुनत: रातिमा यस्ता कामको लागि उठ्नु गलत होइन तर अचानक अत्तालिएर उठ्नु तपाईको लागि हानिकरण हुनसक्छ ।

Advertisement

एक्कासी अत्तालिएर उठ्नुको नोक्सान

चिकित्सकका अनुसार, जब हामी निन्द्रामा हुन्छौँ, तब हाम्रो मन र सबै इन्द्रिय अचेत अवस्थामा हुन्छ । यी इन्द्रियहरू अचेत अवस्थाबाट जागृत हुन केही समय लाग्छ । अचानक अत्तालिएर उठ्नाले इन्द्रिय चिन्तित हुनेगर्छ र यिनीहरूलाई आफ्नो सही पोजीशनमा आउने समय मिल्दैन । यसको साथै कतिपय मानिसहरूको भनाई अनुसार, सबै नसा जागृत भई मुटुलाई सही गतीले ब्लड पुर्याउन समय लाग्छ । सुतेको समयमा मुटुलाई ब्लडको आवश्यकता पनि कम हुन्छ र ब्लड भेसल्स पनि कम ब्लड पुर्याईरहेको हुन्छ । निन्द्राबाट अचनाक उठ्दा मुटुलाई एकदम अधिक ब्लड/अक्सीजन चाहिन्छ र शरीरलाई सप्लाई गर्न केही क्षण लाग्ने गर्दछ । यहि अवस्था हर्ट अट्याकको कारण बन्न सक्छ ।

यसकारण यदि तपाईलाई वा तपाईको परिवारको कुनै सदस्यलाई एक्कासी निन्द्राबाट उठ्ने बानी छ भने तुरुन्त परिवर्तन गर्नुहोस् किनकी निन्द्राबाट उठेर एक्कासी बेड छोड्दा मुटुमा दवाव बढ्न सक्छ । यदि तपाईलाई उठ्नु नै छ भने यहाँ उल्लेखित केही विशेष कुरा ध्यान राख्नुहोस् ।

यी उपाय अपनाउनुहोस्

-निन्द्राबाट उठ्ने बित्तिकै बेड छोड्नुहुँदैन, आफैँलाई थोरै समय दिनुहोस् ।

-निन्द्रा खुलेपछि कम्तीमा २ देखि ३ मिनेटसम्म बेड छोड्नुहुँदैन ।

-चाहे तपाई जति नै हतारमा भएता पनि एक्कासी बेड छोड्नुहुँदैन ।

-यदि तपाईलाई राति बाथरूम जानु छ भने निन्द्राबाट ब्युझेपछि केहि सेकेण्ड रोक्नुहोस् र बिस्तारै उठ्नुहोस् । जब तपाई निन्द्राबाट उठेर बेडबाट तल झर्नु छ भने खुट्टा सिधा फर्शमा राख्नुहुँदैन ।

-चप्पल लगाएर जानुहोस् ।

-यी उपायहरूलाई पालना गरी तपाई हर्ट अट्याक जस्ता समस्याहरूबाट बँच्न सक्नुहुन्छ ।

More News last news
Loading...