जिन्सलाई धुनुहुन्छ ? आजैबाट बन्द गर्नुहोस्

काठमाडौं। के तपाई आफ्नो जीन्स धुने गर्नुहुन्छ? यदी त्यस्तो गर्नुहुन्छ भने आजैबाट बन्द गर्नुहोस। यो कुरा विश्वकै चर्चीत जीन्स निर्माता कम्पनी लेभीजका सीईओ चिप बर्गले भनेका छन्। उनका अनुसार जीन्सलाई धुनु हुदैँन।

उनले केही समय पहिले एक अन्तर्वार्तामा यो कुरा बताएका हुन्। उनले जीन्सलाई धुन नहुने बताउँदै त्यसलाई तुथब्रसको सहायताले सफा गर्नुपर्ने बताए।

Advertisement

उनले जीन्स धुदाँ यसको निर्माणको लागी प्रयोग गरीने पदार्थमा असर पुग्ने र पानीको धेरै प्रयोग हुने बताएका छन्। जीन्समा रहेका किटाणु हटाउनको लागी यसलाई एक रात फ्रिजमा राख्ने र अर्को दिन घाम अथवा हावामा सुकाउन उनले भनेका छन्। केही विशेषज्ञहरुले भने जीन्सलाई कम्तीमा ६ महिना धुन नहुने बताएका छन्।

More News last news
Loading...