चाउचाउ खाने बानी छ ? स्वास्थ्यका लागि हुन सक्छ घातक

काठमाडौं । चाउचाउ नेपालमा सबैभन्दा लोकप्रिय स्न्याक्समा पर्छ। छिटोछरितो र स्वादिलो हुने हुँदा हामी मध्ये धेरैले चाउचाउ सेवन गरिरहन्छौं। बच्चालाई मात्र होइन जवान र बृद्धहरुसम्म पनि चाउचाउ मन पराउँछन्। शोधका अनुसार चाउचाउको नियमित सेवनले हामीलाई विभिन्न प्रकारका रोग निम्तिने खतरा हुन्छ।

यो शोधका अनुसन्धानकर्ताहरुले चाउचाउले मानिसहरुका मधुमेह, मुटु सम्बन्धी रोग र मस्तिस्क घात जस्ता खतरा हुने बताएका छन्। चाउचाउले कार्डियोमेटाबोलिक सिन्ड्रोम नामक अवस्था पैदा हुने र यसले मुटुमा विभिन्न समस्या पैदा गर्ने शोधकर्ताहरुको भनाइ छ। चाउचाउका कारण पाचनप्रणालीमा समेत समस्या हुने समेत बताइएको छ। हप्तामा २ पटक चाउचाउ सेवन गर्नेलाई पाचन प्रणालीमा समस्या आउने खतरा ६८ प्रतिशत हुन्छ। चाउचाउमा हुने क्यालोरी, रिफाइण्ड कार्बोहाइड्रेट्, स्यचुरेटेड फ्याट् र सोडियमको उच्च मात्राले महिलाहरुलाई धेरै नै घाटा गर्ने उल्लेख छ।

Advertisement

नेपालमै उत्पादित विभिन्न ब्राण्डका र भारत लगायत अन्य देशमा उत्पादित तयारी चाउचाउ समेत नेपालीहरुको भान्छामा पाक्ने गरेको छ। त्यस्तै अझै धेरैले त तयारी चाउचाउ काँचै खाने पनि गर्छन्। तयारी चाउचाउको ठूलो बजारको रुपमा चीन विश्वभरमा अग्रस्थानमा रहेको छ भने संयुक्त राज्य अमेरिका छैठौं स्थानमा रहेको छ। जहाँ, सन् २०१७ मा मात्रै ४.१ अर्ब प्याकेट बिक्री भएको थियो । चाउचाउ खान जति मिठो र सजिलो छ त्यति नै स्वास्थ्यको लागि हानीकारक मानिन्छ। अध्ययनहरुका अनुसार धेरै मात्रामा तयारी चाउचाउ खानाले हार्टअट्याक, उच्च रक्तचाप र क्यान्सर समेत हुनसक्छ।

अमेरिकामा तयारी चाउचाउलाई रामेन नामले पनि चिनिन्छ। तर, खास जापानी रामेन भने फास्टफुड वा तयारी परिकार होइन। वास्तवमा परम्परागत जापानी परिकार रामेन एकप्रकारको चाउचाउको सुप हो जसलाई धेरै मेहनतसाथ तयार गरिन्छ। तयारी चाउचाउ बनाउने कम्पनीले सुरुमा त्यसलाई चिकेन रामेनको ब्रान्डमा बिक्रि गर्न थाल्यो। त्यसैले तयारी चाउचाउको नाम जापान बाहिर रामेन रहन गयो जबकी प्राविधिक रुपमा बजारमा पाइने तयारी चाउचाउ प्रख्यात जापानी परिकार रामेन होइनन्।

चाउचाउका हानी यस्ता छन्ः

तयारी चाउचाउमा मिसाइने चीजहरु विषाक्त र क्यान्सर उत्पन्न गराउने खालका पनि हुन सक्छन्।

यदि हामीले तयारी चाउचाउको प्याकेट पछाडि त्यसलाई बनाउन के के प्रयोग भएको रहेछ भनेर हेर्यौं भने पनि चाउचाउ कत्तिको स्वस्थकर खानेकुरा हो भन्ने प्रष्ट हुन्छ।

तयारी चाउचाउमा फ्याट, क्यालोरी र नुनको मात्रा उच्च हुन्छ जुन हाम्रो स्वास्थ्यको लागि राम्रो मानिँदैन।

त्यस्तै तयारी चाउचाउमा टिबीएचक्यु नामक केमिकल प्रिजर्भेटिभ पाइन्छ जुन पेट्रोलियम उद्योगबाट आँउछ। यो यति धेरै हानीकारक हुन्छ कि यो क्यान्सरको स्रोत हुन सक्छ।

चिल्लो खानेकुराहरु धेरै समयसम्म नब्रिग्रियोस भनेर यसको प्रयोग गरिन्छ। त्यसैले चाउचाउ मात्रै नभई अन्य तयारी खानेकुराहरुमा पनि यो पाइन सक्छ। धेरै हानीकारक हुने भएकाले खानेकुराहरुमा थोरै डोजमा मात्रै यसको प्रयोग गर्न दिइन्छ।

त्यस्तै तयारी चाउचाउमा प्रयोग हुने अर्को हानीकारक तत्व मोनोसोडियम ग्लुटामेट अर्थात एमएसजी हो। यो रसायनलाई ‘एक्साइटोक्सिन’ भनिन्छ किनभने यसले हाम्रो स्नायूकोषहरुलाई उत्तेजित बनाउँछ।

‘एक्सपेरिमेन्टल एण्ड क्लिनिकल साइन्सेस’को जर्नलमा उल्लेख भएअनुसार एमएसजी मोटोपना, मेटाबोलिक अनियमितता, प्रजनन् क्षमतामा हानीकारक प्रभाव आदी पार्न सक्छ।

खानेकुराहरुलाई स्वादिलो बनाउन प्रयोग गरिने एमएसजीको अन्य धेरै नकरात्मक असरहरु पर्छ।

तयारी चाउचाउको एउटा प्याकेट खाँदैमा तपाईं बिरामी नै हुनुहुन्छ भन्ने होइन तर, तपाईंले लामो समयसम्म खानाको लागि चाउचाउमा भर पर्नुभयो भने चैं समस्या निम्तन सक्छ।

त्यस्तै ‘द जर्नल अफ न्युट्रिशन’मा प्रकाशित एक अध्ययनका अनुसार चाउचाउ धेरै खाएमा अन्य विभिन्न स्वास्थ्य समस्याहरु निम्तन सक्छन्। चाउचाउले विशेषगरी टाइप २ मधुमेह र मुटुसम्बन्धी रोगहरुको जोखिम बढाउँछ।

तयारी चाउचाउ धेरै खानाले हर्टअट्याक र उच्च रक्तचापको समस्या समेत हुन सक्छ। त्यस्तै तयारी चाउचाउको अत्यधिक सेवनले हाम्रो पाचन प्रणालीमा समेत असर पर्न सक्छ।

More News last news
Loading...