सावधान ! प्रेसर कुकर यसरी प्रयोग त गरिरहनु भएको छैन ?

हाम्रो भान्सामा दैनिक जसो केहि न केहि खाने कुराहरु पकाउने गरिन्छ। त्यसमा धेरै प्रयोगमा आउने भाडाको रुपमा प्रेसर कुकरलाई छिटो र चिरो र मिठो पकाउनको लागि प्रेसर कुकर निकै उपयोगी पनि हुन्छ । यससँगै प्रेसर कुकरमा खाना पकाउनुको अर्को फाइदा भनेको, कुनैपनि खानेकुराको पौष्टिक गुण कायम रहन्छ । यद्यपी यो सधै सुरक्षित भने हुँदैन । प्रेसर कुकर विस्फोट हुने संभावना पनि उत्तिकै हुन्छ । त्यसैले यसको प्रयोग गर्दा धेरै कुरामा ध्यान पुर्‍याउनु पर्छ ।

जबरजस्ती नखोलौं

Advertisement

प्रेसर कुकरमा खानेकुरा पकाइरहँदा यसमा बाफ बन्छ । जब हामी ग्यास चुल्हो बन्द गर्छौ, त्यसपछि पनि कुकरभित्रको वाफको चाप रहिरहन्छ । बाफको चाप रहेकै बखत कतिपयले हतार हतार कुकरको बिर्को खोलिदिन्छ । यस्तो गल्ती गर्दा कुकरमा उम्लिरहेको खानेकुरा बाफको चापसँगै आफ्नो अनुहारमा आउन सक्छ । त्यसैले बाफ निस्किसकेपछि मात्र बिर्को खोल्नुपर्छ ।

पानी बिना कुकरको प्रयोग

कति खानेकुरा उसिनेर खानका लागि कुकरमा पानीको साटो घिउ वा तेल प्रयोग गर्छन्। यद्यपी कुकरमा खानेकुरा पकाउँदा पानी हाल्नैपर्छ । साथै त्यती धेरै पानी पनि प्रयोग गर्नुहुन्न, जो बिर्कोसम्म आइपुग्छ । किनभने कुकरमा बाफ जम्मा हुनका लागि पनि ठाँउ चाहिन्छ ।

पुरानो प्रेसर कुकर

धेरै पुरानो भइसकेको प्रेसर कुकर प्रयोग गर्नु खतरनाक हुनसक्छ। कुकर प्रयोग गर्नुअघि त्यसको अवस्था जाँच गर्नैपर्छ।

कसरी बन्द गर्ने ?

कुकरलाई जहिले पनि सहि ढंगले बन्द गर्नुपर्छ, जसले गर्दा ठीकसँग बाफ जम्मा हुन पाउँछ।

हरेक कुरा उमाल्नु हुँदैन

कतिपयले प्रेसर कुकरमा जे पनि उमाल्ने गर्छन् । जबकी हरेक चिजको आफ्नो रुप र पाक्नका लागि आफ्नै तरिका हुन्छ। कुकरमा अन्न र केहि सब्जी उमाल्न सकिन्छ तर, सबै कुरा उमाल्नु हुँदैन।

प्याज लसुन भुट्ने

प्रेसर कुकरमा तरकारी पकाउने क्रममा कतिले त्यसमै तेल तताएर प्याज, लसुन भुट्ने गर्छन्। यसले गर्दा खास स्वाद आउँदैन। कुकरमा नभई अलग्गै फ्राइङ प्यानमा प्याज, लसुन भुटेर प्रयोग गर्नु राम्रो हो।

More News last news
Loading...