एजेन्सी । आजभोलि केटि अथवा महिलाहरु धेरै आधुनिक ड्रेसअप गर्ने र राम्रो देखिनको लागि शरीरका रौँहरु पनि हटाउने गर्दछन्।
त्यसैगरी अजकलका युवतीहरु गर्मीमा छोटा कपडा लगाएर शोअप भनौं या खुलेर हिड्न रुचाउने गर्छन्।
यस्ता खालका कपडाहरु लगाउँदा उनीहरुको काखीमा हुने कालोपन र रौ देखिने तथा पसिना आउने हुँदा आफुलाई अरुको अगाडी निकै लज्जित भएको महसुस गर्ने गर्छन ।
काखीमा कालो दागी बस्नुका धेरै कारणहरु हुने गर्दछन्। जस मध्ये केहि भने आफ्नो काखी राम्रो सँग सफा नगर्दा र कसैकोचाहिँ धेरै कम्पनीहरुका कास्मेटिक सामग्रीहरु प्रयोग गर्नाले यस्तो हुन्छ।
जसको कारणले हाम्रो शरीरमा थुप्रै रोगहरु लाग्न सक्ने सम्भावना पनि हुन्छ।
यो समस्याबाट मुक्ति पाउनको चाहनुहुन्छ भने यी घरेलु उपायहरु अपनाउन सक्नुहुन्छ जस्तै चिनी। चिनीको प्रयोगबाट तपाईको काखी भएको कालो भाग हटाई शरीरको अन्य भाग सरह गोरो हुने गर्छ।
यसको लागी तल भएका ४ उपायहरु अपनाउनहोस् :
१. पहिला १ कटौरामा चिनी हाल्नुहोस त्यसपछि यसलाई महसँग मिक्स गर्नुहोस ।
२. दोस्रो चिनी र महलाई राम्रो सँग मिक्स गरेर काखीको वरिपरि लगाउनुहोस्।
३. काखीको वरिपरि लगाएपछि यसलाई करिब १५ मिनेट जति छोडदिनुहोस् र राम्रोसँग पानीले पखाल्नुहोस।
४. त्यस पछि खरानीको लेपलाई पुन: फेरी महसँग मिश्रण गर्नुहोस र यसलाई पनि काखीको वरिपरि लगाई १५ मिनेटजति छोडदिनुहोस् र पानीले पखाल्नुहोस। यसरी काखीमा हुने कालो भागलाई सजिलै हटाई शरीरको अन्य भाग जस्तै गोरो पार्न सकिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
