काठमाडौं । ओठ फुट्ने धेरैजसो व्यक्तिहरू बारम्बार जिब्रोले ओठ चाट्छन्। यसो गर्दा केही सन्चो भए जस्तो लाग्छ । थुक सुकेपछि पहिलेको ओठ अझ बढी सुख्खा हुन्छ।
बारम्बार ओठ चाटिरहँदा ओठको छाला वरिपरि कालो हुन जान्छ। विशेषगरी बालबालिकामा यो समस्या देखापर्ने भए पनि वयस्कहरुमा पनि उत्तिकै देखिन्छ।
ओठले सुन्दरतालाई बढाउने काम गर्छ। ओठ फुटेको छ भने त्यसले सुन्दरतालाई घटाउने काम गर्छ। यतिबेला पहाडी जिल्लामा बिस्तारै चिसो बढिरहेको छ।
–ओठ फुट्नबाट रोक्न र कम गर्न ओठलाई सुख्खा राख्नु हुँदैन । यसमा मोस्चराइजर र भिटामिन ई भएको लिपबाम र लिपिस्टिक लगाउनु पर्छ। पानी बढी पिउनु पर्छ । भिटामिन ईको मात्रा बढी भएका फलफूल खानुपर्छ।
–फुटेको ओठलाई ठीक गर्न राति सुत्नुअगाडि नरिवलको तेललाई ओठमा लगाएर सुत्नुपर्छ । यसले ओठलाई नरम बनाउँछ ।
–फुटेको ओठलाई ठीक गर्न बेकिङ सोडालाई पानीमा मिसाएर पेस्ट बनाई ओठमा लगाउनु पर्छ । त्यो पेस्ट ३ मिनेटसम्म राखी सुख्न दिनुपर्छ । त्यसपछि मात्र सफा पानीले सफा गर्नुपर्छ।
–ओठमा जैतुनको तेल लगाउनाले पनि फुटेको ओठ ठीक हुन्छ।
–राति सुत्नुअगाडि ओठमा दूधको तर लगाएर सुत्नुपर्छ, यसले फुटेको ओठलाई ठीक गर्छ।
–राति सुत्नुअगाडि ग्लिसरिनमा कागती र गुलाबजल हालेर ओठमा लगायो भने फुटेको ओठ निको हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
