काठमाडौँ । गर्मी मौसममा शरीरमा पानीको मात्रा परिपूर्ति गर्न तरल पदार्थको बढि सेवन गर्नु आवश्यक छ । गर्मी समयमा अधिकांश मानिसहरु फलफूलको जुस बढि सेवन गर्ने गर्छन्। जुन अत्यन्तै राम्रो कुरा हो। गर्मी मौसममा जुसको सेवनले शितलता महसुस गराउँछ।
त्यस्तै गर्मी मौसममा उँखुको जुस पिउँदा पनि शरीरलाई निकै फाइदा मिल्छ। यो एक स्वादिष्ट र मिठो पेय पदार्थ पनि हो।
यस्ता छन् यसका फाइदाहरुः
१. उँखुको जुसमा प्रशस्त मात्रामा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्व पाइन्छ । जसले शरीरमा पोषण प्रदान गर्नुका साथै शरीरलाई फूर्तिलो बनाउँछ।
२. यसको सेवन गर्नाले गर्मीबाट बच्नुका साथै शरीरमा पानीको मात्रालाई सन्तुलित बनाउन मद्दत गर्छ।
३. यसको सेवनले पिसाव सम्बन्धी समस्याबाट मुक्ति मिल्छ।
४. उँखुको रसमा प्रशस्त हुने ग्लुकोजले शरीरलाई शक्ति तथा उर्जा प्रदान गर्नमा मद्दत गर्छ।
५. यसको सेवनले कलेजोलाई मजबुत बनाइराख्न मद्दत गर्नुका साथै कलेजो सम्बन्धी समस्याबाट मुक्ति मिल्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
