गर्भमा छोरा छ की छोरी ? यी संकेतबाट थाहा पाउनुहोस्

एजेन्सी । छोरा या छोरी दुवै समान हुन् । हाम्रो समाजमा छोरा र छोरीमा गरिने भेदभाव तथा गर्भपतनका कारण गर्भवती महिलाको पेटमा रहेको बच्चाको लिङ्ग परिक्षण गरिनु गैरकानुनी मानिन्छ। तर, यदि भेदभावको दृष्टिकोणले नभई उत्सुकता मेटाउनको लागि छोरा र छोरी के छ भन्ने जानकारी लिन चाहेमा आफैले घरमा पनि अनुमान गर्न सकिन्छ।

यदि गर्भमा छोरी छ भने गर्भवती महिलामा महिला हार्मोनको मात्रा बढेको हुन्छ। त्यसैले उनी धेरै मुडी हुन्छिन्। त्यस्तै, शरीरक अंगहरुले पनि छोरा वा छोरी के छ भन्ने कुरामा संकेत गरिरहेको हुन्छ। यदि महिलाको स्तनको टुप्पोको रंग बढी कालो हुँदै गयो भने उनको गर्भमा छोरा रहेको हुन्छ । यदि ती महिलाको स्तनको रंगमा थोरै मात्र परिवर्तन भएको छ भने, उनको गर्भमा छोरी हुन्छ।

Advertisement

यदि गर्भवती महिलाको दायाँ स्तन बायाँ स्तनभन्दा ठूलो भएको छ भने उनको गर्भमा छोरा रहेको हुन्छ र यदि बायाँ स्तन दायाँ स्तनभन्दा ठूलो भएको छ भने, उनको गर्भमा छोरी हुन्छ। यदि गर्भवतीको पिसाबको रंग गाढा पहेंलो हुन्छ भने उनको गर्भमा छोरा रहेको भन्ने बुझ्न सकिन्छ। यदि गर्भवतीको पिसाबको रंग हल्का छ भने उनको गर्भमा छोरी बसेको हुन्छ।

महिलाको खानपिनको शैलीले पनि गर्भमा छोरा वा छोरी छ भन्ने कुरा बताइरहेको हुन्छ। यदि गर्भवतीले नुनिलो खानेकुरा बढी मन पराउँछिन् भने उनको गर्भमा छोरा रहेको हुन्छ। त्यस्तै, यदि उनले गुलियो बढी मन पराउँछिन् भने उनको गर्भमा छोरी रहेको हुन्छ।

यदि गर्भवती महिलाको धड्कन सामान्य हुन्छ भने उनको गर्भमा छोरा रहेको हुन्छ र यदि गर्भवतीको धड्कन बढ्छ भने उनको गर्भमा छोरी रहेको हुन्छ । त्यस्तै, गर्भवती महिलाका श्रीमानको शरीरको तौल बढ्दै गएको छ भने, उनले छोरीलाई जन्म दिन्छिन् र यदि श्रीमानको तौल सामन्य छ भने उनले छोरालाई जन्म दिन्छिन्।

More News last news
Loading...