कुनै पनि काममा मन नजाने व्यक्तिले अप्नाउनुहोस् यी उपाय, परिवर्तन आफै पाउनुहुनेछ

एजेन्सी । कयौँ मानिस यस्ता हुने गर्दछन्, जसले हरेक काम गर्नका लागि मेहनत निकै गर्ने गर्दछन्, तर पनि आफ्नो मेहनत अनुसार प्रयाप्त फल प्राप्त गर्न सक्दैनन्।

यसको कारण मन एकाग्र नहुनु पनि हो। त्यसैले भन्ने गरिन्छ की यदी मन एकाग्र होस् र लक्ष्य प्राप्त गर्नका लागि मन भएमा त्यस्ता व्यक्तिले असम्भव देखिने कार्यमा पनि सजिलै सफलता प्राप्त गर्न सक्दछन्। यदी ज्योतिषको दृष्टिकोणबाट हेर्ने हो भने एकाग्रतामा कमी हुनुको कारण चन्द्र दोष हुने गर्दछ। किनकी शास्त्रमा चन्द्रलाई मनको कारक मानिने गरिन्छ। चन्द्र यस्तो ग्रह हो, जसका कारण मन तिब्र गतिशील हुने गर्दछ।

Advertisement

आज हामी तपाईलाई मन एकाग्रता गराउने केही उपायका बारेमा जानकारी दिदैछौँ
चन्द्र मात्र साढे दुई दिनमा एक राशिमा रोकिने गर्दछ। यसको चञ्चल स्वभावका कारण यसलाई मनको ग्रहको कारक ग्रह भनिन्छ। चन्द्रले हाम्रो मनलाई पूर्ण रुपमा प्रभावित गर्ने गर्दछ। यदी चन्द्रले अशुभ फल दिएमा मानिस पागल समेत हुने गर्दछन्। चन्द्र विपक्षमा हुँदा मानिसले निकै पनि निर्णय ठिकसँग लिन पाउँदैन। मन भटकिने गर्दछ।

त्यसैले चन्द्रको बलवान बनाउनका लागि सेतो चीजको दान गर्नु पर्ने शास्त्रमा उल्लेख गरिएको छ। जस्तै कुमारी कन्यालाई दूध पिलाउने, सेतो मिठाई बाड्ने, सेतो कपडा दान गर्ने, बरको वृक्षमा दूध चढाउने, चाँदीको सिक्कालाई नदीमा प्रवाहित गर्दा पनि चन्द्र ग्रहलाई बल मिल्ने गर्दछ। त्यसैले शास्त्रमा एकाग्र बनाइराख्नका लागि सेतो चीजको दान गर्न सुझाव दिइएको छ।

More News last news
Loading...