पसिनाको दुर्गन्ध आउने समस्या छ ? अप्नाउनुस् यी ५ घरेलु उपाय

एजेन्सी । अब विस्तारै गर्मी महिना लाग्दैछ। गर्मी मौसममा शरीरबाट स्वाभाविक रुपमा पसिना आउँछ । पसिना आउँदा विशेषगरी काखी गन्हाउने समस्या सिर्जना हुन्छ। पसिनाले काखीलाई ओसिलो बनाउने र ओसिलो भागमा ब्याक्टेरियाहरु हुने हुँदा काखीबाट दुर्गन्ध आउन समस्या उत्पन्न हुन्छ।

काखीको दुर्गन्धलाई पर्फ्युमको बास्नाले भन्दा प्राकृतिक तवरले हटाउन उपयुक्त हुन्छ। काखीको दुर्गन्ध हटाउन अपनाउनुहोस् यी उपायहरुः

Advertisement

१. कागतीलाई आधा गरी काटेर काखीमुनी दल्नाले पसिनाको दुर्गन्ध हटाउन मद्यत गर्छ। कागतीले छालामा रहेको पीएच लेभललाई घटाउँछ जसले पसिनामा रहेको ब्याक्टेरिया फैलनबाट रोक्छ।

२. नीमको पातलाई पनीमा उमालेर कपडाले छानेर नुहाउनाले शरीरको दुर्गन्ध हटाउँछ । यसले शरीरमा ब्याक्टेरिया फैलनबाट रोक्छ ।

३. बेसन र चनाको पिठोलाई दहीमा मिसाएर नुहाउनु भन्दा अगाडि शरीरमा लगाउने र १०/१५ मिनेट पछि त्यसलाई पखाल्ने गर्नाले शरीरको दुर्गन्ध हटाउन मद्दत गर्छ।

४. नुहाइसकेपछि पानीमा एक चम्चा मह मिलाएर दुर्गन्ध फैलिएको ठाउमा लगाउनाले दुन्र्गन्ध हट्छ । महले दुर्गन्ध फैलाउने औषधिको रुपमा काम गर्छ।

५. पुदिनाको पातलाई उमालेर पानीमा मिसाएर नुहाउनाले शरीरको ब्याक्टेरियालाई हटाउँछ जसले शरीरको दुर्गन्ध हटाउन सहयोग गर्छ।

More News last news
Loading...