काठमाडौँ । क्यान्सर रोग नेपालमात्रै नभईकन विश्वकै लागि टाउको दुखाईको विषय बनेको छ। क्यान्सर मुटुरोगपछि मानिसहरुको मृत्युु हुने दोस्रो कारण बनेको छ । संसारभर बर्षेनी लाखौँ मानिहरुको यसको कारणले मृत्यु हुने गरेको छ।
हाम्रै कतिपय अस्वस्थ बानीव्यहोराका कारणले पनि क्यान्सर निम्तिने गर्छ। दूषित पर्यावरण र खानपानलगायत कारणले क्यान्सर रोगीको संख्या बढ्न थालेको छ । क्यान्सरको जोखिम कम गर्न स्वस्थ बानी व्यवहार अपनाउनुका साथै यी खानेकुुराहरु खान सकिन्छ।
साना फलफूल
फाइट्रोन्युट्रियन्ट्स तत्व भएका फलफूलको सेवनले क्यान्सरको जोखिम कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् । स्ट्रबेरी, किम्बु, काफलजस्ता मसिना आकारका फलफूलमा क्यान्सरविरुद्ध लड्ने फाइट्रोन्युट्रियन्ट्स तत्व प्रशस्त पाइन्छ । यो तत्वले शरीरका अंग विशेषमा क्यान्सरका कोषिकाहरूको विकास र विस्तारलाई रोक्ने काम गर्छ । यस्ता फलफूल खाइरहनाले आमाशय, मुख र छालाको क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।
सिमी
सिमीजस्ता गेडागुडीको सेवनले स्तन र पाठेघरसम्बन्धी क्यान्सरको जोखिम कम हुन्छ। यसले शरीरमा फ्याट्टी एसिडको उत्पादन बढाउँछ, जसले मानिसलाई क्यान्सर रोगबाट बचाउँछ ।
ओखर
ओखरमा पाइने फाइटोस्टेरोल्स नामक तत्वले स्तन क्यान्सर गराउने कोषिकाको विकास अवरुद्ध गरिदिन्छ । ओखरले प्रोस्टेट क्यान्सर लाग्ने जोखिम पनि घटाउँछ ।
गोलभेँडा
गोलभेँडा फोक्सो, प्रोस्टेट र पेटको क्यान्सरको जोखिम न्युुनीकरण गर्न निकै फाइदाजनक छ । गोलभेँडालाई रातो बनाउने क्यारोटेनोइड नामक तत्वले क्यान्सरको जोखिमलाई पनि कम गर्छ । सो तत्वले गर्भाशयमा हुने क्यान्सरका कोषिकाहरूको विकासलाई रोकिदिन्छ ।
लसुन
लसुनमा पाइने फाइटो केमिकलले स्तन र पेटको क्यान्सर लाग्ने सम्भावना कम गराउँछ । बढी लसुन खाने महिलालाई पाठेघरसम्बन्धी क्यान्सर हुने जोखिम कम लसुन खाने महिलाको भन्दा ५० प्रतिशत कम हुने पत्ता लगाएको थियो ।
सलाद
सलाद खाँदा गाढा हरियो रङका तरकारीको सलाद खानु क्यान्सरको जोखिम हटाउने दृष्टिकोणले बढी लाभदायक हुन्छ। गाढा हरियो तरकारीमा क्लोरोफिलको मात्रा बढी हुन्छ र यस्ता तरकारी खाँदा शरीरमा म्याग्नेसियमको आपूर्ति बढ्न जान्छ। म्याग्नेसियमले क्यान्सरका जीवाणुलाई कमजोर पार्ने र नयाँ स्वस्थ कोषिकाको विकासका लागि अनुकूल वातावरण बनाउने गर्छ।
ब्रोकाउली
ब्रोकाउली खाइरहने गर्नाले स्तन, कलेजो, फोक्सो, प्रोस्टेट, छाला, पेट लगायतका क्यान्सर हुने जोखिम कम हुन्छ। काउली परिवारका सबै तरकारीमा क्यान्सरनिरोधी गुण बढी पाइने गरे पनि ब्रोकाउलीमा यसको मात्रा सबैभन्दा उच्च हुन्छ। ब्रोकाउलीमा सल्फोराफेनको मात्रा अधिक हुन्छ, जसले क्यान्सर लगाउने, ट्युमर बढाउने शरीरभित्रका रसायनलाई निस्तेज गर्ने गर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
