मोटोपन बढेर हैरान हुनुहुन्छ ? नरिवलको तेलबाट यसरी कम गर्नुहोस्

काठमाडौँ । पछिल्लो समय नेपालीहरु विलासी बन्दै गईरहेका छन्। जसको प्रभाव उनीहरुको शरीरमा देखिन थालेको छ। व्यस्त जीवनशैली, अस्वस्थकर आहार, व्यायामको कमिले गर्दा मानिसहरुमा मोटोपना भाइरल जस्तै बन्दैछ। तुलनात्मक रुपमा गाउँका भन्दा सहरका मानिसहरुको जीवनशैली विलासी भएका कारण सहरका मानिसहरुमा मोटोपना बढ्दैछ।

मोटो शरीर रोगको घर हो । मधुमेह, उच्च रक्तचाप, दम, मुटु सम्बन्धी रोगहरु, क्यान्सर तथा मृगौलाको समस्यालगायतका रोगहरु मोटा मानिसहरुमा बढि लाग्ने रोग हो । मोटोपन घटाउन विभिन्न उपायहरु अपनाउन सकिन्छ । यसको लागि व्यायाम तथा कसरतहरु गर्नु अति उपयुक्त हुन्छ । योगाले पनि मोटोपना घटाउन मद्यत गर्छ । त्यसको साथसाथै आफ्नो जीवनशैलीमा तथा आहार विहारमा पनि परिवर्तन ल्याउन जरुरी छ।

Advertisement

तर मोटोपनाको समस्या समाधान गर्नको लागि काचो नरिवलको तेल पनि प्रयोग गर्न सकिने तथ्य बाहिर आएको छ। साधारण खालको तेलमा बढी मात्रामा चिल्लोपदार्थ हुने भएकाले त्यो शरीरमा जम्मा भएर मोटोपना बढाउँछ । नरिवलमा भएको खास विशेषताले यो शरीरमा जम्मा हुँदैन र उर्जा दिनमा उपयोगी हुन्छ।

काचो नरिवलको तेल नियमित रुपमा र सही तरिकाले प्रयोग गर्दा एक महिनामै पौने ३ किलोसम्म तौल कम गर्न सकिन्छ। तेल शरीरभित्र जानेबित्तिकै कोशिकाहरुलाई पोषित गर्न सुरु गर्छ। यसबाट चिल्लोपदार्थ तत्काल शक्तिमा परिवर्तन हुन्छ र शरीरमा जम्मा भएर बस्न पाउँदैन।

काचो नरिवलमा खाना बनाएर पनि खान सकिन्छ । किनकी यसमा पाइने चिल्लो भने अन्य खानामा पाइने चिल्लोभन्दा लाभदायी हुन्छ । यो सिधै कलेजोमा पुगेर कोशिकामा फैलन्छ र चिल्लोपदार्थका कणलाई आफूतर्फ तान्छ । कोशिकामा पुगेर यो चिल्लो तुरुन्त शक्तिमा परिवर्तन हुन्छ।

नरिवलको तेल कम फ्याट्टी एसिड पाइने भएकाले खाना पनि सजिलै पच्छ। नरिवलको तेल मध्यम खालको ट्राइग्लिसराइड लोरिक एसिडबाट बन्छ, यो एक आवश्यक फ्याटी एसिड हो। यस्तो ट्राइग्लिसराइडले शरीरको मोटाबोलिज्म बढाउँछ, जसले फ्याटी एसिडलाई उर्जामा परिवर्तन गर्छ । हर्मोन असन्तुलनको समस्या भएका मानिसमा तौल बढ्ने समस्या सबैभन्दा बढी देखिन्छ । यो समयस्यालाई पनि नरिवलको तेलबाट समाधान गर्न सकिन्छ।

More News last news
Loading...