खाना समयमै खाने कि भोक लागेपछि ? थाहा पाउनुुस् भोजनको नियम

काठमाडौं । हामी आजकाल शरिरको आवश्यकताका लागि भन्दा पनि समयका लागि खाना खाने भएका छौं । हामी यति ब्यस्त भएका छौं की खाना खानका लागि पनि कयौंले समय तालिका बनाएका हुन्छौं । तर समय ब्यवस्थापनको यो तरिका सबै तरिकाले हानी नै गर्ने भने अवश्य छैन।

विहान १० बजे घडि हेर्दै भन्छौं, ‘अहो दश बजिसकेछ अब त खाना खानुपर्छ।’ अनि अलि विहानको समयमा भन्छौं, ‘बल्ल सात बजेको छ के खाना खानु यत्ति छिटो ?’

Advertisement

अब विचार गर्नुहोस् । हामी आफ्नो आवश्यकता अनुसार चलेका छौं त ? खानाको कुरामा पनि हामीलाई घडिले कजाईरहेको छ । हरेक सेकेण्ड उत्तिकै महत्वपूर्ण ठान्ने हामी आफ्नो शरिरलाई महत्व दिएकै हुँदैनौं । फलस्वरुप आजकाल मानिसहरुलाई लाग्ने रोगका प्रकृतिहरु पनि बदलिएका छन् । मानिसलाई लाग्ने अधिकांश रोगहरु खानपानकै कारण लाग्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

त्यसो भए समयअनुसार खाने कि भोक लागेपछि मात्र ? जानौं केहि फईदा-बेफाईदाः

भोक लागेपछि खाना खानुका फाइदा

१. शरीरको आवश्यकता पुरा हुन्छ
२. शरीरले पौष्टिक तत्वलाई राम्ररी ग्रहण गर्छ
३. थकान कम हुन्छ
४. काममा ध्यान केन्द्रित गर्न सकिन्छ
५. खाना खानकै लागि समय कुरिरहनु पर्दैन

भोक लागेपछि मात्र खाना खाँदाका बेफाइदा

१. सही पोषकतत्व प्राप्त गर्न सकिन्न
२. आवश्यकताभन्दा बढि खाइन्छ
३. समय व्यवस्थापन गर्न गाह्रो हुन्छ

समयअनुसार खाना खाँदाका फाइदा

१. सेड्यूलमा चल्न शरीर अभ्यस्त हुन्छ
२. एसिडिटी र थकान हुँदैन
३. शरीरलाई खाना सोस्न समय प्राप्त हुन्छ
४. समय व्यवस्थापन गर्न सजिलो हुन्छ

टाइमअनुसार खाना खाँदाका बेफाइदा

१. भोक मर्छ
२. खाना नाश हुन्छ
३. पेटमा विभिन्न किसिमका समस्या हुन सक्छ
४.जबरजस्ती खाँदा खाना रुच्दैन
५. चाँडै थकान हुन्छ

More News last news
Loading...