ग्यास्ट्रिक भएकाले के खाने, के नखाने ?

काठमाडौं । खानपिनको अनियमितता र चिल्लो खाने कुराले गर्दा ग्यास्ट्रिकको समस्या हुन सक्छ । धेरै व्यक्ति ग्यास्ट्राइटिसको समस्यामा छन् ।

ग्यास्ट्रिक भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् ।

Advertisement

यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु(याउँछ । टमाटरमा पनि एसिडिक हुने भएकाले ग्यास्ट्राइटिसले दिने पीडालाई बढोत्तरी गर्छ । कसै–कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदैनखानु उत्तम हुन्छ ।

दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या भएकाले प्रयोग नगर्दा राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भाग सुन्निने हुन्छ । यसका साथै यसले पेटमा एसिडको मात्रा बढाउँछ । तर, दही भने फाइदाजनक हुन्छ । यसमा पाइने प्रोबायोटिकले भने रोगीलाई राहत प्रदान गर्छ । यद्यपि, दहीको प्रयोग गरेर त्यसले राम्रो गरे मात्र नियमित सेवन गर्नुपर्छ ।

नियमित रूपमा मदिरा सेवन गर्दा पनि ग्यास्ट्रिकको असर झन् बढेर जान्छ। तर, केही अध्ययनले भने दिनहुँ थोरै मात्रामा पिउँदा ग्यास्ट्रिक हुनबाट जोगाउने देखाएको छ।

ग्यास्ट्रिकबाट पीडित मानिस चिया र कफीबाट पनि बच्नुपर्छ । चियापत्ती र कफीमा हुने क्याफिनले ग्यास्ट्रिकको असरलाई बढाउने काम गर्छ । अझ दूधचिया खाँदा दूध र क्याफिन दुवैले ग्यास्ट्रिकलाई झन् बिगार्ने काम गर्छ । तर, ग्रिन–टीको सेवनले भने ग्यास्ट्रिकको सम्भावना ४० प्रतिशत कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

ग्यास्ट्रिकको समस्यापछि मसलेदार खानेकुराले समस्यालाई झन् बल्झाउने काम गर्छ । यद्यपि, मसलेदार खानेकुरा आफैँले ग्यास्ट्रिक गराउन भने त्यति धेरै भूमिका खेल्दैन ।

नेपालीले पछिल्लो समय प्रशोधित खानेकुराको अत्यधिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुराले ग्यास्ट्रिकको समस्या बढाउने गर्छ । त्यसैले सेतो पाउरोटी, पास्ता, चिनीयुक्त खाद्यपदार्थ (चिसो पेय पदार्थ, इनर्जी ड्रिंक्स), प्रशोधित वनस्पति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु (ससेज, ह्याम), ट्रान्स फ्याटलगायत खानेकुरा प्रयोग गर्नुहुँदैन।

More News last news
Loading...