घुर्ने समस्याले हैरान हुनुहुन्छ? अपनाउनुहोस् यस्ता उपाय

काठमाडौं । कतिपयलाई घुर्ने समस्याले सताइरहेको हुन्छ। राति निद्रामा घुर्ने यो बानीले आफूलाई भन्दा पनि सँगै सुत्ने साथीलाई बढी असर पुर्‍याइरहेको हुन्छ। तर हटाउने कसरी? जानकारी नहुन सक्छ।

१ सबैभन्दा पहिला त समस्या भएका व्यक्ति आफैंले घुर्ने बानी नियन्त्रण गर्ने कोसिस गर्नुपर्छ। सुत्दा उत्तानो परेर सुत्नु हुँदैन। सधैं कोल्टे फेरेर सुत्दा श्वासनलीमा असर पर्दैन, फलस्वरूप घुर्ने समस्या कम हुँदै जान्छ।

Advertisement

२ सकेसम्म नियमिति व्यायाम गर्नुपर्छ। यसले घुर्ने समस्यासँगै शरीर सुगठित हुन पनि मद्दत गर्छ।

३ शरीरको अत्यधिक भारका कारणसमेत श्वासनलीमा असर परिरहेको हुन्छ। मोटोपन भएकाले तौल घटाउनु आवश्यक छ।

४ सकभर बेलुकीको खाना हलुका किसिमको खानुपर्छ। त्यस्तै बढी चिल्लो, पिरो भएका खानेकुराहरू खानु हुँदैन।

५ घुर्ने मानिसमा टन्सिलको समस्या पनि भएमा झन् बल्झिने हुन्छ। तसर्थ, यसको समयमै उपचार गर्नुपर्छ।

६ अत्यधिक धूमपान, मद्यपान र लागुऔषधबाट टाढा रहनुपर्छ।

७ घुर्ने समस्या बढी देखिएमा चिकित्सकसँग सल्लाह लिनु आवश्यक हुन्छ।

More News last news
Loading...