सावधान ! यस्तो लक्षण देखिए हुनसक्छ अल्सर, यसरी जोगिनुहोस्

काठमाडौँ । पेटको भित्र सूजन हुने स्थितिलाई पेटको अल्सर भनिन्छ । समस्या बढ्दै गएमा सूजन गहिरो घाउमा परिणत हुन्छ र समस्या अझै बढ्दै जान्छ। सामान्यतया: बढी तेल-मसालेदार खानपानको गलत बानीका कारण जब पेटमा एसिड बढी मात्रा बन्न थाल्छ तब यो रोग उत्पन्न हुन्छ। यसको साथै पेटमा ब्याक्टेरियाको इन्फेक्शनको कारण पनि यो रोग हुनसक्छ। अल्सर रोग हुनसक्ने केही लक्षणहरू यस्ता छन्, जसको मद्दतले तपाई समयमै यसको पहिचान गरी उपचार गर्न सक्नुहुन्छ।

अल्सरको प्रकार : समस्याको आधारमा अल्सर विभिन्न किसिमको हुन्छ, जस्तै पेप्टिक अल्सर हुँदा पेटको भित्री भित्तामा सूजन हुन्छ। ग्यास्ट्रिक अल्सर हुँदा खाना पश्चात् पेटमा दुखाई शुरू हुन्छ तर डाइजीन जस्ता औषधीको सेवनले आराम मिल्छ। ड्यूडिनल अल्सरको समस्या हुँदा लामो समयसम्म भोको रहँदा पेटमा दुखाई हुनथाल्छ। खाना खाईसकेपछि आराम मिल्छ।

Advertisement

इसोफेगल अल्सरमा आहार नलीको माथिल्लो भागमा सूजन हुने वा प्वाल हुनेगर्छ । यसको समस्या हुँदा अक्सर आहार नलीमा तीव्र रूपमा पोल्ने हुन्छ।

उपाय : पेट पोल्ने : भोजन पश्चात् १ वा २ घण्टापछि वा रातीको समय पेटको माथिल्लो भाग वा एकदम बीचमा पोलेको महसूस हुन्छ भने यो अल्सर हुनसक्छ।

उल्टी : पटक-पटक उल्टी आउनु वा यसको महसूस भैरहनु पेटको अल्सरको संकेत हुनसक्छ। पेट फुल्ने : कतिपय समय पेट फुल्ने समस्या अल्सरको संकेत हुनसक्छ।

छाती पोल्ने : पेटमा रहेको एसिड माथी तर्फ फूड पाइपमा आउँछ । यसले छाती पोलेको महसूस हुन्छ भने यो अल्सरको संकेत हुनसक्छ।

पेटमा घोच्ने : भोजन पश्चात् १ वा २ घण्टा पछि वा रातीको समयमा पेटको भित्र घोचेको महसूस भैरहेको छ भने यो अल्सरको संकेत हुनसक्छ।

दिसाको रंग : लामो समयदेखि गाढा र कालो रंगको दिसा आउने समस्या छ भने यसलाई वेवास्ता गर्नुहुँदैन । यस्तो अल्सरमा हुने ब्लिडिंगको कारण हुनसक्छ ।

उल्टीमा रगत आउनु : उल्टी आउँदा हल्का रगत आउनु अल्सरको संकेत हुनसक्छ।

वजन घट्नु : डाइट वा नियमित कार्यलाई परिवर्तन नगरी अचानक वजन कम हुन्छ भने यो अल्सर हुनसक्छ।

पेट दुख्नु : अक्सर पेटमा दुखाई हुनु वा केही खाँदा-पिउँदा पनि पेटमा तीव्र दुखाई शुरू हुनु पनि अल्सरको संकेत हुनसक्छ।

चाँडो भोक लाग्नु : बिना कारण पटक-पटक भोक लाग्नु अल्सरको संकेत हुनसक्छ।

More News last news
Loading...