दूध र मह मिसाएर खानुहोस्, पाउनुहुनेछ चमत्कारी फाइदा

दूध र महको मिश्रण अत्यन्तै स्वस्थकर हुन्छ। दूध र मह आफूआफूमै स्वस्थकर भएपनि यी दुईको मिश्रणले झनै बढी फाइदा पुर्याउँछ। राति सुत्नुअघि मनतातो दूधमा मह हालेर पिउँदा राम्रो निद्रा लाग्नुका साथै शरीरमा पोषक तत्त्व पनि मजाले सोसिन्छ।
यसका अन्य फाइदा यस्ता छन् :

– मनतातो दूध र महले फोक्सो र श्वासनलीलाई स्वस्थ राख्नुका साथै रुघाखोकी र सासको समस्याबाट पनि बचाउँछ।

Advertisement

– मनतातो दूध र महमा ट्रिप्टोफ्यान नामक तत्त्व हुन्छ जसले शरीरलाई आराम दिलाएर राम्रो निद्रा ल्याउँछ।

– यसमा प्रोटीन र कार्बोहाइड्रेट्सको राम्रो सम्मिश्रण हुन्छ जसले तागत र स्टेमिना बढाउँछ।

– यो मिश्रणले शरीरबाट विषाक्त पदार्थ निकालेर रगतलाई शुद्ध बनाउँछ। रोगबाट बचाएर छाला चम्किलो बनाउँछ।

– यो मिश्रणले पाचनप्रणालीलाई सफा बनाउँछ। ग्यास, कब्जियत र एसिडिटी जस्ता समस्याबाट राहत दिन्छ।

– यो मिश्रणमा एन्टीअक्सिडेन्ट र एन्टीब्याक्टेरियल तत्त्वहरू पाइन्छन्। दिनदिनै पिउँदा बुढ्यौली ढिलो आउँछ।

दूध र महमा भएको क्याल्सियम, आइरन, प्रोटीन र भिटामिन जस्ता पोषक तत्त्वले हाड बलियो बनाउँछ।

– यो मिश्रणमा भएको पोषक तत्त्वले स्ट्रेस र टेन्सनलाई हटाएर मानसिक स्वास्थ्यलाई राम्रो बनाउँछ। यसबाट दिमाग स्वस्थ रहन्छ।

More News last news
Loading...