तपाईको नङ फुल्यो ? यसलाई सामान्य रुपमा नलिऔं

नङ फुल्नु हाम्रो शरीरमा हुने विभिन्न परिवर्तनको संकेत हुन्छ । जसलाई हामीले बुझ्नु निकै जरुरी हुन्छ । मान्छे स्वास्थ्य रहेको वा नरहेको हामी नङको माध्यमबाट पनि छुट्याउन सक्छौं । त्यसैले नङ फुल्नुलाई हामीले सामान्य रुपमा लिनु हुँदैन ।
कहिलेकाँही हाम्रो नङ ढोका वा झ्यालमा च्यापिने गर्छ । यसले गर्दा हाम्रो नङमा सेतो दाग बस्छ । त्यस्तै नङको तल्लो भागमा चोट लाग्दा पनि सेतो दाग बस्ने गर्छ । नङमा सेतो दागी देखिनुलाई स्वास्थ विज्ञानमा ल्युकोनाकिया भनिन्छ ।

नङ फुल्नुको प्रमुख कारणहरूः
१.एलर्जी– नङलाई सुन्दर बनाउनको लागि विभिन्न खालको नेलपोलिसको प्रयोग गर्ने गरिन्छ । यसमा हुने विभिन्न रसायनले नङमा एलर्जी ल्याउँछ र सेतो दाग बस्छ । यसले नङको भित्री छालामा पनि असर पुर्याउँछ ।

Advertisement

२. जिंकको कमी – शरीरमा पोषण तत्वको कमी हुँदा पनि हाम्रो नङ फुल्ने गर्छ । जिंकको कमी हुनाले हाम्रो नङ फुलिरहने गर्छ । त्यसैले यदी तपाईको नङ फुलेको छ भने जिंकयुक्त खानेकुराहरु खानुहोस ।

३. प्रोटिनको कमी– प्रोटिनको कमीले पनि नङमा सेतो धर्सा वा दागी आउँछ । यी रेखाहरुलाई म्युरेक्स लाइन भनिन्छ । तर, जब शरीरमा प्रोटिनको मात्रा सामान्य अवस्थामा आउछ यी रेखा आफै हराउँछ । यी रेखा म्युरेक्स लाईन हुन वा होइनन् भन्ने हामी आफैँले पनि परीक्षण गर्न सक्छौँ ।

४.क्याल्सियमको कमी– क्याल्सियमको कमीले पनि नङमा सेतो दागी आउँछ । तसर्थ, आफ्नो दैनिक भोजनमा सुन्तलाको जुस, दूधलगायत क्याल्सियमयुक्त खानेकुरा खानुहोस् ।

५. गम्भीर रोगको लक्षण– धेरै नङ फुल्नु लिभर, हेपाटाइटिस, किड्नी, एनेमिया लगायतका गम्भीर रोगका लक्षण पनि हुनसक्छ । त्यसैले यदी तपाईको नङ निरन्तर फुलिरहन्छ भने एक पटक जाँच गराउनु पर्छ । जसले गर्दा तपाईलाई तपाईको नङ के कारण फुलेको हो भन्ने कुराको जानकारी हुन्छ ।

More News last news
Loading...