आफ्नो नङ सुन्दर बनाउन चाहनुहुन्छ ? यी उपाय अप्नाउनुहोस्

-नङमुनि वा कुनातिर भएका दाग र फोहर हटाउन कागती दल्न सकिन्छ ।

-फिटकीरी दलेमा नङ बलियो र चम्किलो हुन्छ ।

Advertisement

-मनतातो तेलमा नङ केही बेर डुबाउनाले पनि नङ बलियो हुन्छ ।

-टुथपेस्ट लगाएर ब्रस गर्नाले नङको दाग सफा हुन्छ ।

-नेल बफरले रगड्नाले नङ सफा र चम्किलो बन्छ ।

-म्वाइस्चराइजिङ वा कन्डिसनिङ गुणयुक्त नेल पोलिस रिमुभरको प्रयोग गर्नुपर्छ ।

-गुणस्तरीय नेल केयर प्रोडक्ट र पोलिस प्रयोग गर्नुपर्छ ।

– नङको प्रयोग गरेर काम गर्ने बानी हटाउनुपर्छ ।

-नुहाउनासाथ वा लुगा धुनेबित्तिकै नङ काट्ने वा फाइलिङ नगर्ने । यसबेला नङ एकदमै नरम हुन्छ ।

-रफ किसिमको काम गर्दा पन्जा लगाएर काम गर्ने ।

-सन्तुलित आहार खाने र सफा पानी पिउने ।

-क्युटिकल र नेलवालको सुरक्षाको लागि मेनिक्योर गर्नुपर्छ ।

-नङ सफा गर्दा तीखो वस्तुको प्रयोग नगर्ने ।

-नङ फाँटेको वा भाँचेको छ भने टी–ब्याग पेपर नेल ग्लुबाट टाँस्नाले नङलाई बचाउन सकिन्छ ।

-नङको स्याहार गर्न नसकिने भएमा छोटो नङ राख्नु नै राम्रो हुन्छ ।

-नङको रङमा आएको असाधारण परिवर्तनबारे सचेत हुनु जरुरी छ । स्वास्थ्य जाँच गराएर उचित उपचार गराउनुपर्छ।

More News last news
Loading...