मौसम परिवर्तन हुँदा गर्मीमा पसीना आउनाले हाम्रो कपालमा नराम्रो असर पर्छ । पसीनाले हाम्रो कपाल खराब गर्छ र कपाल रुखो हुन्छ । कतिपयका कपाल धेरै चिपचिप हुन थाल्छ । यस्तोमा कपालको हेरचाह गर्न सबैलाई मुस्किल हुन्छ।
जब कपाल झर्न र टुक्रिन शुरु हुन्छन् सबैले डाक्टरको मा जाने विचार गर्न थाल्छन् । तर तपाईलाई थाहा छैन होला तपाईको किचेनमै यसको उपाय सम्भव छ । जसको प्रयोगबाट तपाई आफ्नो कपालमा पोषण दिन सक्नुहुन्छ र कपाल खराब हुनबाट बचाउन सक्नुहुन्छ।
महंगो उत्पादन प्रयोग गर्नुभन्दा राम्रो विकल्प हुन्छ किचेनमै भएका सामग्रीबाट कपाललाई बलियो बनाउने । बिहान उठेर चिया पिउने बानी त हामी सबैको हुन्छ नै।
यस्तोमा चियापत्तीको अलिकति फरक प्रयोग पनि गर्न हामी सक्छौं । थोरै मात्रामा चियापत्तीलाई पानीमा राखेर उमाल्नुहोस् । त्यसपछि त्यसलाई चिसो हुन दिनुहोस् र त्यो झोललाई कपालमा लगाउनुहोस् । यसले तपाईको कपाल बलियो हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
