घरमै यसरी बनाउनुहोस् पिज्जा (भिडियो)

रेस्टुरेन्टको मेनुमा पछिल्लो समय बढी खोजिने मध्येको एक परिकार हो पिज्जा । पिज्जामा प्रयोग गरिने मांसाहारी र साकाहारी खानेकुरा अनुसार बालबालिकादेखि वृद्धसम्मले पीज्जा मन पराउँछन्। घरमा पनि मीठो पीज्जा यसरि तयार गर्न सकिन्छ ।

एउटा भाँडोमा मनतातो पानी राख्ने । त्यसमा यिस्ट, नुन,तेल, अण्डा राखेर मिक्स गर्ने । एउटा भाँडोमा पीठो राख्ने र पीठोमा त्यो मिक्स राखेर माड्ने । माडीसकेपछि प्लास्टिकले छोपेर एक घण्टासम्म यत्तिकै राख्ने ।

Advertisement

पिसेको टमाटर एउटा कचौरामा राख्ने र त्यसमा, नुन, तेल, मरिच, तुलसीपत्ताआदि राखेर मिक्स गर्ने । अघि मुछेको पीठोबाट एउटा डल्लो लिने र त्यसलाई फ़िजार्ने। त्यसपछि तावामा तेल लगाउने र त्यो फिजारेको पिठोलाई तावा भरि हुनेगरि राख्ने ।

पीठो माथी अघि तयार गरेको टमाटरको मिक्स राख्ने र त्यसपछि आफूले राख्न चाहेको मासु,
तरकारी राख्ने । त्यसपछि १२ मिनेटसम्म बेकिंग ओभनमा राख्ने । थप जानकारीको लागि भिडियो हेर्नुहोस् :

More News last news
Loading...