सुत्नुअघि पैतला मालिस गर्दा हुन्छन् यस्ता फाइदाहरू

खुट्टाको पैतालामा मालिस गर्दा शरीरमा विभिन्न फाइदाहरु हुन्छन् । अझ राति सुत्नुअघि खुट्टाको पैताला मालिस गरेमा स्वास्थ्यलाई निकै नै फाइदा हुने विशेषज्ञहरु बताउँछन्।

सुत्नुअघि पाइतालामा मज्जाले १५ मिनेट मालिस गर्नुभएमा शरीरको मेटाबोलिजम ठीक रहन्छ। यस्तै राति पैतलामा मसाज गर्दा तौल घट्ने र बोसो पनि कम हुन्छ।

Advertisement

यस्तै सुत्नुअघि पैतला मालिस गर्दा दिनभरिका तनाव मेटिने चिकित्सकको भनाई छ । दिनभरि कामको बोझले हुने थकान र तनावबाट बच्नका लागि पैतलाको मालिस गर्नुस् । शरीरले आराम अनुभव गर्छ र राम्रो निद्रा लाग्छ।

यसैगरी राति सुत्नुअघि पैतला मालिस गरेमा रक्तचाप पनि नियन्त्रण हुन्छ। अझ, उच्च रक्तचापको समस्या भएकाहरूका लागि मालिस वरदान नै हो । राति सुत्नुअघि नरिवल वा बदामको तेलले पाइतालाको मालिस गरेमा रक्तचाप नियन्त्रण हुन्छ।

More News last news
Loading...