कम्प्युटरमा काम गर्दा यी कुरा ख्याल गर्नुहोस् !

अहिले अधिकांशको जागिर कम्प्युटरमा घन्टौसम्म बसेर काम गर्ने हुन्छ । तपाईं पनि प्रोफेसनल व्यक्ति हुनुहुन्छ र लामो समय कम्प्युटरमा बसेर काम गर्नुपर्ने हुन्छ भने सबैभन्दा बढी दबाब आाखामा परिरहेको हुन्छ । निरन्तरको कम्प्युटर बसाइले दिनप्रतिदिन आँखा कमजोर हुादै गएको धेरैको दुखेसो सुनिन्छ । यस्ता प्रोफेसनल व्यक्तिका लागि आँखारोग विशेषज्ञ डा इन्दुप्रसाद ढुंगेलले केही सुझाब दिएका छन् :

आँखा र डेस्कटपको उचाइ
लामो समय कम्प्युटरमा बसेर काम गर्नेले आँखा र डेस्कटपको उचाइमा विशेष विचार पुर्‍याउनुपर्छ । आँखाभन्दा डेस्कटप केही तल नै भयो भने सबैभन्दा राम्रो हुन्छ । बराबर उचाइमा हुँदा पनि बेठीक नै भने हुँदैन । तर, आँखाभन्दा डेस्कटपलाई उचाइमा राखेर घन्टौँ काम गर्नुचाहिँ आँखाका लागि घातक हुनसक्छ । यस्तो अवस्थामा नजानिँदो तरिकाले गर्धनको हाडमा असर परिरहेको हुन्छ । हामीलाई थाहा हुँदैन । दीर्घकालमा हाड र आँखामा गम्भीर असर देखिन सक्छ।

Advertisement

आँखा र डेस्कटपको दूरी
लामो समय निरन्तर कम्प्युटरमा काम गर्ने व्यक्तिले आँखा र डेस्कटपको दूरीबारे पनि ख्याल गर्नुपर्छ । सामान्यतस् ५० सेन्टिमिटर दूरी राख्नुपर्छ । अलिकति तलमाथि हुँदा भने खासै फरक पर्दैन । धेरै नजिक या धेरै टाढा डेस्कटप राखेर काम गर्दा आँखामा असर पर्छ ।

स्क्रिनभन्दा पछाडि बत्ती
कम्प्युटरको स्क्रिनमा सीधा टल्किने गरी कोठामा बत्ती राख्नु हुँदैन । स्क्रिनमा परेको लाइट आँखामा रिफ्लेक्ट भएर गम्भीर असर गर्छ । त्यसैले स्क्रिनको अगाडि कहिल्यै पनि बत्ती फिटिङ नगर्नुहोला । कम्प्युटर स्क्रिनभन्दा पछाडि या सिलिङमा बत्ती राख्नुपर्छ । कोठामा पहिल्यै बत्ती फिटिङ गरिएको छ भने त्यसैअनुसार कम्प्युटर डेस्कटप राख्नुपर्छ ।

माउस चलाउँदा हात स्थिर
घन्टौँसम्म कम्प्युटरमा काम गर्नेले माउस चलाउँदा हात फ्ल्याट बनाएर राख्नुपर्छ । बंग्याएर राख्नु हुँदैन । हात र औँलाहरू पटक–पटक बढी उठाउने गर्नु हुँदैन । हातलाई टेबलमा सपोर्ट दिएर राख्नुपर्छ ।

पङ्खारएसी आफ्नो पछाडि
कम्प्युटरमा बसेर काम गर्ने व्यक्तिले पङ्खा र एसी कहिल्यै पनि आफ्नो अगाडि राख्नु हुँदैन । पङ्खारएसीबाट निस्किने चिसो सीधा पर्दा आँखा सुक्खा हुन्छ र चाँडै असर पर्छ । जहिले पनि आफूभन्दा पछाडि पङ्खारएसी राखेर कम्प्युटर चलाउनुपर्छ ।

हरेक २० मिनेटपछि ब्रेक
कम्प्युटरमा काम गरेको हरेक २० मिनेटपछि आँखालाई आराम दिने गर्नुहोस्। यो ब्रेकको समय २० सेकेन्डदेखि एक मिनेट राख्न सकिन्छ । कुर्सीको आसनबाट उठ्नैपर्छ भन्ने छैन। तर, स्क्रिनमा हेरिरहेको आँखालाई अन्यत्र फोकस चेन्ज गराउनुपर्छ। यसो गर्दा आँखामा कम्प्युटरको असर कम गर्न सघाउ पुग्छ।

हरेक घन्टा आँखाको कसरत
दिनभर कम्प्युटरमा काम गर्ने व्यक्तिले हरेक घन्टाको अन्तरमा केही समय निकालेर आँखाको कसरत गर्नु राम्रो हुन्छ। आँखालाई तल–माथि या दायाँ–बायाँ घुमाएर कसरत गर्न सकिन्छ। हरेक घन्टा एक–दुईपटक मात्रै गर्नुहोला। धेरै गर्नु पनि राम्रो हुँदैन।

डा इन्दुप्रसाद ढुंगेल
आँखारोग विशेषज्ञ,
त्रिपुरेश्वर आँखा अस्पताल

More News last news
Loading...