शरीरको मुसा हटाउन चाहानुहुन्छ ? घरमै भएका फलका बोक्रा औषधि बन्छन्

एजेन्सी । यदि तपाई शरीरमा आउने अस्वभाविक मुसाबाट हैरान हुनुहुन्छ र यसलाई पन्छाउने उपायहरु खोजीरहनु भएको छ भने तपाईको घरमै पाइने खाद्यबस्तु यसको उपचार हुनेछ।

शरीरमा मुसा आउनु पछाडीको जैविक कारण भनेको ह्युमन पैपिलोमा भाइरस हो जुन सामान्यरुपमा एक पिग्मेन्ट कोशिकाहरुको समूह हो। मुसा सामान्यत कालो फुस्रो र‌ंगको हुन्छ। यदि यसको समयमा उपचार हुनसकेन भने भविष्यमा त्यसले क्यान्सरजस्तो भयानक रोगको रुप लिनसक्छ। तर घरेलु र आयुर्वेदिक उपचारको मद्दतबाट यसको उपचार गर्न सकिन्छ।

Advertisement

यसको लागि सबैभन्दा पहिले तपाई मुसाको ठूलो दुश्मन केराको प्रयोग गर्नुहोस्। केराको बोक्रामा अक्सीकरण रोधी तत्व पाइन्छ जुन मुसालाई हटाउनका लागि सहयोगी हुन्छ। मुसा हटाउनका लागि केराको बोक्रालाई रातभरी लगाउनुहोस्। यसो गरेमा एक रातमा नै तपाई मुसाबाट छूटकारा पाउन सक्नुहुन्छ।

केराको अलावा आलुको बोक्रा पनि मुसाबाट छूटकारा पाउने राम्रो औषधी हुनसक्छ। यसका लागि आलुको बोक्राका पेस्ट बनाएर मुसामा राख्नुहोस्।

मुसाको अर्को उपचार घ्यु र चुना पनि हो । घ्यु र चुनालाई समान मात्रामा मिसाएर त्यसको लेप मुसामा राखेमा योबाट निजात पाइन्छ। तर यी उपचारहरु प्रयोग गर्न अघि एकपटक ती लेपलाई आफ्नो छालामा प्रयोग गर्नुहोस्।

More News last news
Loading...