फाल्न नहुने फलफुलका बोक्राहरु जसले सुन्दरतामा निखार ल्याउँछ

एजेन्सी । फलफुल मानव शरिरमा पाेषक तत्व दिलाउने आहारमा पर्दछ। यसले हाम्रो शरीरलाई चाहिने भिटामिन उब्लब्ध गराउनुको साथै अनुहारमा चमक ल्याउन सहयोग गर्दछ।

फलफुल खाएपछि हामी त्यसको बोक्रालाई फोहरमा मिल्काई दिन्छौ किनकी हामीलाई यसको फाईदाबारे ज्ञान छैन जुन यसप्रकार छन्:

Advertisement

मेवाको बोक्रा – मेवाको बोक्रा तास्दा एक किसीमको सेतो चोपयूक्त तरल पदार्थ आउछ यो सहितको बोक्राले धोएको अनुहारमा केहि समय दलेर छाड्ने र अनुहार सुके पछि अनुहार धोएमा मुलायम तथा चम्किलो महसुस् हुन्छ । यो प्रकृया हप्तामा दुई पटक गरेमा धेरै फरक अनुभव गर्न सकिन्छ ।

खरबुजाको बोक्रा – खरबुजा यस्तो मौसमी फल हो जुन गर्मी महिनामा मात्र पाइन्छ । यसले हाम्रो शरिरमा पानीको कमीलाई केही हदसम्म पूरा गर्ने गर्दछ । खरबुजाको बोक्राको पेष्टलाई अनुहारमा लगाउँदा दादको समस्या हट्छ भने यसले छालालाई विशेष चम्किलो पनि राख्छ।

सुन्तलाको बोक्रा – सुन्तलामा भिटामिन सि पाईन्छ । यो हाम्रो छालाको लागि निकै फाइदाजनक मानिन्छ। सुन्तलाको बोक्रालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा ब्ल्याकहेड्स टाढा भाग्छ र छालाका विभिन्न समस्याबाट छुटकारा पाइन्छ।

केराको बोक्रा – केराको बोक्राबाट प्रशस्त मात्रामा पोषक तत्व पाइन्छ । यसमा भिटामिन बी ६ र बी १२ पाईनुका साथसाथै म्याग्नेसियम र कार्बोहाइड्रेट पाईन्छ । केराको बोक्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले स्ट्रेसलाई कम गर्ने गर्दछ । केराको बोक्रालाई अनुहारमा लगाउँदा घामले डढेको र डण्डिफोरको समस्याबाट राहत पाइन्छ।

More News last news
Loading...