के तपाई अनुहार गोरो र चम्किलो बनाउन चाहनुहुन्छ ? यी पाँच फलफुलको बोक्रा प्रयोग गर्नुहोस्

फलफूल मात्र नभई त्यसका बोक्रा पनि हाम्रो लागि निकै फाइदाजनक हुन्छन् । हामी धेरैजसो फलको बोक्रालाई बेकार सम्झिएर फाल्ने गर्दछौं जबकी यसले हामीलाई विभिन्न प्रकारका छालासम्बन्धि समस्याबाट बचाउने गर्दछ । वास्तवमा फलफूलको बोक्रामा यस्ता थुप्रै पौष्टिक तत्व पाइन्छ जो हाम्रो छालाका लागि निकै फाइदाजनक छन् । यस्ता फलफूलको प्रयोग गर्दा तपाईंले गोरो र चम्किलो अनुहार पाउनुका साथै थुप्रै रोगबाट पनि जोगाउँछ।

खरबुजाको बोक्राः
खरबुजा यस्तो मौसमी फल हो जुन गर्मी महिनामा मात्र पाइन्छ। यसले हाम्रो शरिरमा पानीको कमीलाई केही हदसम्म पूरा गर्ने गर्दछ। खरबुजाको बोक्राको पेष्टलाई अनुहारमा लगाउँदा दाद, एक्जिमाको समस्या टाढा रहन्छ भने यसले छालालाई विशेष चम्किलो पनि राख्छ।

Advertisement

सुन्तलाको बोक्राः
सुन्तला भिटामिन सी ले भरपुर फल हो । भिटामिन हाम्रो छालाको लागि निकै फाइदाजनक मानिन्छ । जसलाई सुन्ताला खान मनपर्दैन उनीहरुले सुन्तलाको बोक्रा अनुहारमा प्रयोग गर्न सक्नुहुन्छ । सुन्तलाको बोक्रालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा ब्ल्याकहेड्स टाढा भाग्छ र छालाका विभिन्न समस्याबाट छुटकारा पाइन्छ।

केराको बोक्राः
केराको बोक्रामा भरपुर मात्रामा पोषक तत्व पाइन्छ । यसमा भिटामिन बी–सिक्स, बी–१२, म्याग्नेसियम र कार्बोहाइड्रेट हुन्छ । केराको बोक्रामा एन्टिअक्सिडेन्ट हुन५ जसले स्ट्रेसलाई कम गर्ने गर्दछ । केराको बोक्रालाई अनुहारमा लगाउँदा घामले डढेको र डण्डिफोरको समस्याबाट राहत पाइन्छ।

अनारको बोक्राः
अनारको बोक्राको प्रयोग छालाका लागि निकै राम्रो मानिन्छ । घाममा जानूभन्दा पहिले यदि तपाईंलाई सनस्क्रिन लगाउँदा एलर्जी हुन्छ भने अनारको बोक्राको पेस्ट लगाउन सक्नुहुन्छ । यसले तपाईंलाई दाग धब्बाबाट जोगाउँछ र घामले डढ्नबाट पनि जोगाउँछ।

मेवाको बोक्राः
मेवा एउटा यस्तो फल हो जसले कब्जियत, अपच, ग्यासजस्ता समस्याबाट छुटकारा दिलाउँछ । यसका साथै यसको बोक्रा पनि छालाका लागि निकै फाइदाजनक मानिन्छ । मेवाको बोक्रा अनुहारमा लगाउँदा विभिन्न प्रकारका लाभ पाइन्छन् । यसमा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले यसले चाउरीपनाबाट राहत प्रदान गर्दछ।

More News last news
Loading...