युरिक एसिड रगतमा नभई नहुने महत्वपूर्ण तत्व हो। यसले शरीरमा ‘एन्टी अक्सिडेन्ट’को काम गर्छ। तर, युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र ‘गाउट’ भन्ने रोग लाग्छ। युरिक एसिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ। यसले जोर्नीहरुमा अत्याधिक दुखाइ गराउँछ।
रगतमा युरिक एसिड बन्ने र युरिक एसिड पिसाबबाट बाहिर निस्किने प्रक्रियामा गडबडी भयो भने रगतमा पर्याप्त मात्रामा युरिक एसिड घुल्न पाउँदैन र विस्तारै गाउटको रुप लिन्छ। एउटा स्वस्थ मानिसमा युरिक एसिडको मात्रा ६ दशमलब ८ एमजी/डिएल हुनुपर्छ। जसलाई गाउट वा युरिक एसिडको समस्या छ त्यस्ता व्यक्तिमा युरिक एसिडको मात्रा ५ एमजी/डिएलभन्दा कम राख्नुपर्ने हुन्छ।
कुनै व्यक्तिमा युरिक एसिड बढी देखिए पनि जोर्नीको दुखाइ नहुन सक्छ। यस्ता व्यक्तिलाई गाउट नभएर ‘हाइपरयुरेसिमिया’ भएको हुन सक्छ। त्यसले जोर्नीमा असर गर्दैन। जसलाई युरिक एसिड भएकै कारण जोर्नी (खुट्टाको बुढी औँला र आसपास) मा दुख्छ, त्यो गाउट हो भनेर बुझ्नुपर्छ। युरिक एसिडबाट हुने बाथरोग नै गाउट हो। यो वंशाणुगत समस्या पनि हुन्छ। यसलाई दुई तरिकाले हेर्न सकिन्छ।
कारक
अनियन्त्रित जाँडरक्सी सेवन
उच्च रक्तचाप
मिर्गौलाको कमजोर कार्य क्षमता
मोटोपना
तनाव र चिन्ता
बढी प्रोटिनयुक्त र अस्वस्थ्यकर खाना
शारीरिक परिश्रममा कमी
वंशाणुगत
रगत पातलो बनाउने औषधि सेवन
पानीको कम सेवन
कसरी हुन्छ ?
शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने त-वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट युरिक एसिड बन्छ । यो सामान्यतः पिसाबबाट बाहिर निस्कन्छ । जब मिर्गौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ ।
मिर्गौलाले युरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्छ । उपवास वा अत्याधिक रूपमा तौल घटाउने प्रयास गर्दा पनि अस्थायी रूपमा युरिक एसिडको स्तर बढ्न सक्छ । साथै युरिक एसिड बढाउन मधुमेहको औषधिले पनि उत्तिकै भूमिका खेल्ने गर्छ ।
असर
शरीरका सानासाना जोर्नीमा दुख्ने समस्या उत्पन्न हुन्छ । यदि २५ वर्ष बढीे उमेरका युवाहरू छन् र धेरै खाना खाने गर्छन् भने यो रोगको जोखिममा पर्न सक्ने सम्भावना अत्यधिक रहन सक्छ । राति सुतेको बेला हातको औंला र खुट्टाको औंलाका जोर्नीमा दुखाइ महसुस हुन्छ भने त्यो युरिक एसिडको लक्षण हुन सक्छ । युरिक एसिड खासगरी हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ र जोर्नीमा पीडा महसुस हुन्छ ।
युुरिक एसिड एक्कासी बढ्न पनि सक्छ । यदि यो अचानक बढेमा खुट्टाको पिडौला, जोर्नी, मिर्गौला तथा शरीरका अन्य भागमा जमेर बस्न सक्छ र यसले भविष्यमा जोर्नीको दुखाइ बाथरोग लाग्न सक्छ । यो रोग लागेका १० देखि २५ प्रतिशत व्यक्तिलाई मिर्गौलाको पत्थरी, मुत्रनलीको संक्रमण, अनिद्रा, चिन्ता तनाव र नैराश्यताजस्ता मनोरोग पनि लाग्न सक्छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
