काठमाडौँ । संसारमा सबैभन्दा उत्कृष्ट मानिएको श्रीमान श्रीमतीको सम्बन्धमा बेला बेलामा सानो तिनो कुराहरुले मनमुटाव उत्पन्न गराउँछ । तर सधै सामान्य रुपमा लिइने मनमुटाबले कहिले काँही ठूलै मोड लिने गर्छ। यस्तो हुनुको मुख्य कारण भनेको एक अर्काकमा देखिएको संका हो।
जसले श्रीमान श्रीमती बीचको सम्बन्धलाई छिनभरमा नै समाप्त गरिदिन्छ। त्यसकारण यस्ता समस्याहरुबाट सफलता पाउनको लागि आफ्नो दैनिकमा परिवर्तन ल्याउन जरुरी रहेको छ। यसै सम्बन्धमा गरिएको एक अध्यनले निन्द्राको कारणले पनि मानिसमा संका बढ्ने गरेको पाइएको छ। यदि आफ्नो पार्टनरमा यस्तो समस्या देखिएको छ भने जति सक्दो चाडो निन्द्रा पुर्याउने ब्यवस्था गर्नुपर्छ।
महान ब्रिटिश नाटककार विलियम शेक्सपियरले आज भन्दा चार शताब्दी पहिला आफ्नो नाटक मा अनिन्द्राको कारण संका र भ्रम फैलिएको कुरा उल्लेख गरेका थिए।
पछिल्लो समय बैज्ञानिकहरुले निन्द्रा नपुगेको कारण व्यक्तिको स्वास्थ्यमा दुष्प्रभाव पर्न सक्ने बताएका छन्। डाक्टर डेनियल फ्रीमेनको भनाइ अनुसार एक दिनको निन्द्राले पूरै दिनहरु तनावग्रस्त हुने र एक अर्काको बीचारमा अस्तव्यस्त हुने बताएका छन्।
त्यसैले पूरै स्वस्थ हुनको लागि निन्द्रा पुग्नु जरुरी रहेको छ। अनुसन्धानकर्ताहरुले ३ सय जना सहभागीहरुमा गरेको अनुसन्धानले ७० प्रतिशत मानिस अनिन्द्राको सिकार भएको कारण संका र भ्रमको सिकार बन्ने गरेको पाइएको छ। अनुसन्धानमा ५० प्रतिशत भन्दा बढी मानिस गम्भिर अनिन्द्राबाट पिडित रहेको पाइएको छ। निन्द्रा नपुग्दा एक अर्काको सम्बन्धमा गहिरो असुरक्षा भएको पाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
