फेसियल गरिसकेपछि यी कुरामा ध्यान दिनुहोस्, नत्र…

आफ्नो अनुहारमा चमक ल्याउन मानिसहरू फेसियल गर्छन्। तर, फेसियलपछि गरिने गल्तीले उल्टो नतिजा दिन सक्छ।
फेसियललगत्तै घाममा नजानुस्। घाममा बस्दा स्किन टेनिकको समस्या आउन सक्छ। सकभर फेसियलपछि चिया, कफी पनि नपिउनुस् । यसरी पिउँदा अनुहारको रक्तसञ्चारमा बाधा उत्पन्न हुन्छ। जसले गर्दा फेसियलले राम्रोसँग प्रभाव जमाउन सक्दैन। दुई घन्टाको अवधिपछिचाहिँ पिउँदा हुन्छ।

फेसियलपछि स्क्रब गर्दा पनि छालामा समस्या उत्पन्न हुन थाल्छ। जति नै आवश्यकताको महसुस भए पनि फेसियलपछि चाहिँ यस्तो गर्नुहुँदैन। बरु यसका लागि माइल्ड फेसवास प्रयोग गर्न सक्नुहुन्छ।

Advertisement

फेसियल गरेको केही समयमै घाँटी र अनुहार पानीले सफा गर्नु पनि राम्रो होइन। यसको विकल्पमा गुलाबजलको सहायताले हल्कासँग सफा गर्न सकिन्छ। साबुनपानीले सफा गर्दा अनुहारमा चमक नदेखिने समस्या हुन्छ।

फेसियलपछि तत्काल थ्रेडिङ वा अपर लिप गर्नबाट पनि बच्नुस्। अनुहारको छाला यति संवेदनशील हुन्छ कि यस्तो समय थ्रेडिङ गर्दा स्थायी रूपमै दागसमेत बस्न सक्छ।

महिला हुनुहुन्छ र गर्भवतीसमेत हुनुहुन्छ भने फेसियलपूर्व आफ्नो अवस्थाबारे पार्लरमा बताउनुस् । ताकि, तपाईंको सुविधा र अवस्थाअनुसार ब्युटिसियनले ट्रिटमेन्ट गरून्।

More News last news
Loading...