यस्ता ६ बानी, जसले कहिलै दिदैन् सफल बन्न

काठमाडौँ । धनि र सम्पन्न बन्नुको पछाडी थुप्रै कारणहरु रहेका छन् । यस्तै मानिस सफल बन्नुको पछाडी उसको आनीबानी पनि एक हो। मानिस कसरी सफल भएको छ भन्ने कुरा बुझ्नको लागि उसको आनीबानीलाई फलो गरेर उसले जस्तै नियममा बाँधिनु पर्छ। यस्तै व्यक्तिगत जीवनलाई सफलताको साथ अगाडी बढाउनेको लागि व्यक्तिको आनीबानीले महत्वपूर्ण भूमिका निभएको हुन्छ।कयौँ मानिसहरु आफु सफल रहनको लागि आफु देखि आफ्नो हरेक कुराहरुमा फिट हुने गर्छन् । आफुलाई सफलताको चरम रुपमा पुर्याउनको लागि आएका कयौँ सुख सुविधालाई त्यागेका हुन्छन् । यस्तै विश्वकै कान्छा नेटवर्कर दप पटेलले आफ्नो किताबमा आफ्नो बानीको बारेमा केही कुराहरु बताएका छन् । जुन कुराहरु थाहा पाएपछि तपाईले पनि तुरुन्तै छोड्नुहुनेछ । हेरौँ केके हुन् ती आनीबानीहरु।

१.शंका गर्ने बानी : शंका गर्ने बानी जीवनको सबैभन्दा खतरानक बानी हो । जसले सफलता चुम्न चाहन्छ त्यस्तो मानिसले यो बानीलाई हटाउन पर्छ । यस्तो बानी छोड्न सकिएन भने आफुले देखेको सपना सबै उल्टो हुनेछ । त्यसकारण आफैमाथि कहिल्यै नकारात्मक भावना कायम राख्नु हुँदैन् । आफुलाई सधै सकारात्मक र सत्य बाटोमा डोर्याउने कोसिस गर्नुपर्छ ।

Advertisement

२.समयको प्रतिक्षा गर्ने : समय पर्खेर बस्नु हुँदैन् । तपाई जे गर्न खोज्नु भएको छ त्यसबाट हुने सम्भावित समस्याको पहिचान सुरुमा नै गर्नुपर्छ । जुन समय तपाई पर्खिबस्नु भएको छ त्यो समय आउँदैन् । त्यसकारण समय आउँछ अनि गर्छु भनेर बस्नु हुँदैन् ।

३.नपढ्ने नयाँ नयाँ जानकारी लिन नचाहने : नपढ्ने नयाँ नयाँ कुराको बारेमा बुझ्न नचाहने मानिस कहिल्यै अगाडी बढ्न सक्दैन् । सफल मानिसले पढ्न छोड्नुहुँदैन् । कहाँ के भइरहेको छ भन्ने कुराको बारेमा जानकरी लिरहनुपर्छ । जसबाट केही न केही नयाँ कुरा सिक्ने अवसर जुटिरहेको हुन्छ ।

४.बोल्ने मात्र काम चाही नगर्ने : हावामा महल बनाएर केही काम छैन्। बोल्ने मात्र काम नगर्ने मानिस कहिल्यै पनि अगाडी बढ्न सक्दैन्। जबसम्म सोचेको कुरा गरेर देखाउन सकिदैन् त्यो केही अर्थ हुँदैन्। त्यसकारण बनाएर राखेको योजना तुरुन्तै बनाउन सक्नुपर्छ।

५. लक्ष्य निश्चित नगर्ने : मानिस सफ बन्नको लागि कुनै लक्ष्य निश्चित हुनु जरुरी हुन्छ। जब मानिसले अगाडी नै योजना बनाएको छ भने त्यसको लागि सहयोग पनि जुट्ने गर्छ।

६.आफ्नो कामलाई ध्यान नदिने : आफ्नो कामलाई निरन्तर जोड दिनुपर्छ। जुन काम गरिरहेको छ त्यसमा जिद्दी भएर लाग्नुपर्छ । त्यसकारण आफुले गर्न लागेको कामबाट सफलता हात पार्न सकिन्छ।

More News last news
Loading...