काठमाडौ । भनिन्छ , जसरी टिभी रिमोट विना चल्दैन् , त्यसरी नै महिलाहरु पनि मेकअप विना कतै पनि हिडदैनन् । तर मेकअप गर्नु नरम्रो भन्न खोजेको होइन्। यदि राती सुत्ने बेलामा पनि कति युवतीहरुको विहान सुन्दर हुने भन्दै मेकअप गर्ने बानी हुन्छ । तर यो खतराको संकेत हो। त्यस्तै दिनभर लगाएको मेकअप समेत राती सुत्ने बेलामा हटाएर सुत्नुपर्छ । यस्ता छन् बेफाइदाहरु :
-पहिलो कुरा राती मेकअप लगाएर सुत्दा तपाइको अनुहारको छालाले चाहिने मात्रामा अक्सिजन पाउदैन । त्यसपछि छालामा नराम्रो असर पर्छ ।
-दोस्रो रातको समयमा तपाईको मेकअपको कारणले अनुहारमा तेल निस्कन्छ । त्यसैकारण तपाईको अनुहारमा विहान ठुल ठुला डण्डीफोर आउँछ ।
-तेस्रोमा रातको समयमा मेकअप नहटाउदा सेल्समा नोक्सान पुग्ने भएकाले हावामा रहेको पोलुटेन्टसलाई तपाइको छाला तर्फ तान्दछ र छालालाई खराब बनाउँछ । त्यसपछि राम्रो बन्छु भन्दा कुरुप भइन्छ ।
-चौथोमा राती मेकअप गरेर सुन्दा छालाले रिकभरी समय पाउदैन्। त्यसैले मृत छाला निस्कन पाउदैन् र सूस्तपन आउछ।
-पाचौँमा यदि तपाई सुत्ने बेलामा मेकअप नगरी मुख धोएर सुत्नुहुन्छ, त्यसबेला तपाईको छालामा परिवर्तन आउँछ । तर मेकअप गर्दा छाला पत्र फेरिन नपाउने भएकाले छालामा चाउरीपना आउँछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
