काठमाडौं । आधुनिक जीवनशैलीमा प्रयोग गरिने विभिन्न सामग्री जस्तै, कम्प्युटर, मोबाइलले हाम्रो आँखालाई झन् कमजोर बनाइरहेका छन्। पढ्दा, काम गर्दा आँखा थाक्नुका साथै आँखाको शक्ती पनि कम हुँदै जान्छ। आँखाको शक्ती बढाउनको लागि हरियो सागपात र फलफूल खानु राम्रो हुन्छ । तर यदि आँखा कमजोर हुँदै गएका छन् भने खाना संगै आँखाको अभ्यास पनि गर्नुपर्छ।
आँखाको शक्ति बढाउने अभ्यास गर्नको लागि मैनबत्ती तरिका सबैभन्दा उपयुक्त मानिन्छ। यसको लागि मनिबत्ति बालेर त्यसलाई एक ठाउँमा राख्नुपर्छ । त्यसपछि आफू डेढ देखि दुई फिटको दुरीमा बस्नुपर्छ । मैनबत्तिलाई आफ्ना सिधा आँखाले मैनबत्तिकै आगोमा केन्द्रित भएर आँखा नझिम्काई हेर्नुपर्छ। यसरि हेर्दा आँखाबाट आँशु नझरुञ्जेल एकटकले हेर्नुपर्छ । यो अभ्यास हरेक दिन दुई देखि तीन पटक सम्म गर्नाले आँखाको शक्ती बढ्छ।
आँखाको लागि अर्को राम्रो अभ्यास भनेको पेन्सिल अभ्यास पनि हो । पेन्सिल आफ्नो हातमा लिनुहोस् र आँखा देखि केहि पर राख्नुहोस् । त्यसको टुप्पोमा एकटकले हेर्नुहोस् । त्यसपछि पेन्सिललाई आँखाको नजिक नजिक ल्याउँदै जानुहोस् र धमिलो देखुन्जेल सम्म नजिक ल्याउनुहोस् । यो अभ्यासले तपाईंको आँखालाई तेज बनाउनुका साथै दिमागको एकाग्रता शक्तिलाई पनि बढाइदिन्छ।
परको वस्तु हेर्ने शक्तिको लागि आफ्नो औंला प्रयोग गरेर अभ्यास गर्न सक्नुहुन्छ । यसको लागि आफ्नो हातको एउटा औंला आँखा देखि सिधा, राख्नुहोस् । अब केही परको कुनै वस्तु हेर्नुहोस् । त्यसपछि फेरी आफ्नो औंला हेर्नुहोस् । छिटो-छिटो आफ्नो हातको औंला र परको वस्तु हेर्ने अभ्यास हेर्ने गरिराख्नुहोस् । यसले परको वस्तु हेर्ने तपाईंको शक्ति बढ्छ भने दिमाग पनि तीक्ष्ण बन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
