युवा अवस्थामा डन्डीफोरले जो–कोहीलाई पनि सताउन सक्छ । विशेष गरी गर्मी मौसममा डन्डीफोरले दुःख दिन्छ ।
अनुहारमा आउने डन्डीफोरले मानिसको सुन्दरतामा आँच आउँछ। शरीरमा आवश्यक भिटामिन र पौष्टिक तत्त्वको कमीले पनि अनुहारमा डन्डीफोर आउने चिकित्सकको भनाइ छ।
मानिसहरूले डन्डीफोरबाट मुक्त हुन अनेकौं उपचार विधि अपनाउँछन्। विभिन्न तौर-तरिकाका क्रिम तथा पाडरहरू अनुहारमा लगाउँछन् । तर, उनीहरूले घरेलु उपाय भने अपनाउँदैनन्।
तपाईंलाई थाहा नहोला, हाम्रो भान्साकोठामा नै डन्डीफोर भगाउने अचुक औषधि छ । त्यो हो बेसार। डन्डीफोरको हैरानीबाट बच्न लागि बेसारको प्रयोग गर्न सकिन्छ । बेसारलाई कसरी प्रयोग गर्ने भन्ने बारे आज हामी तपाईंलाई बताउँछौँँ ।
– एक गिलास पानीमा थोरै बेसार राखेर उमाल्नुहोस्
– त्यसपछि केही सेलाउन दिनुहोस् र पिउनुहोस्।
यसो गर्दा अनुहारमा चमक ल्याउन सकिन्छ। बेसारले डन्डीफोरलाई असर गर्ने ब्याक्टेरियालाई समेत नष्ट गर्ने काम गर्दछ। डन्डीफोरका लागि मात्र नभएर यसरी बेसारको सेवन गर्दा शरीरमा रहेका विषाक्त पदार्थहरू हटाउनुका साथै ग्यास्ट्रिक, एसिडिटी जस्ता समस्याबाट छुट्कारा पाइन्छ।
अथवा, बिहानको समयमा १ गिलास दहीमा १ चिम्टी बेसार घोलेर खाने गर्नाले डन्डीफोरको समस्याबाट बच्न सकिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
