कपाल सुन्दर बनाउने नाममा कैयौ व्यक्तिले विभिन्न कपालमा विभिन्न रङहरु लगाउने गर्दछन्। तर ती रंगहरुले गर्ने असरको बारेमा कसैले ध्यान दिदैनन् । बजारमा पाइने हेयर ट्रिटमेन्ट तथा कलरहरुमा विभिन्न रसायनिक पदार्थ मिसाइएको हुन्छ। जसको असर सिधै कपाल तथा टाउकोमा पर्न जान्छ । त्यसैले यस्ता वस्तुहरु प्रयोग गर्नुपुर्व यी कुरामा ध्यान पुर्यान जरुरी छ।
१. कपालमा प्रयोग गरिने हेयर कलरमा क्षार तथा पिपिडी नामक केमिकल हुन्छ। यसले छालामा रातो दाग र धब्बा बनाउँछ।
२. नियमित रुपमा हेयर कलर प्रयोग गर्नाले कपालमा भएको पौष्टिक तत्व नाश भइ कपाल रुखो हुने तथा झर्ने समस्या सुरु हुन्छ।
३. मेहेन्दीबाट आउने वास्नाले फोक्सो तथा स्वासप्रश्वास प्रणालीमा सिधै नकारात्मक असर पार्दछ ।
४. हेयर करलमा पाइने केमिकल्स्ले कपाल तथा छालाको एलर्जी गराउदछ ।
५. हेयर कलरको असर आँखामा बढि पर्छ । यसले आँखा पोल्ने र दुख्ने समस्या उत्पन्न हुन्छ ।
६. हेयर कलरले अनुहारमा दाग तथा एलर्जी आउने हुन्छ ।
७. लगातार हेयर कलर लगाउनाले कपालमा चाँया पर्दै जान्छ।
८.लामोसमयसम्म हेयर कलर प्रयोग गर्ने व्यक्तिमा क्यान्सरको खतरा हुन सक्ने कैयौ अध्ययनले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
