यस्तो अवस्थामा भूलेर पनि सेवन नगर्नुहोस् ‘तुलसीको पात’, रगतलाई बनाउँदछ पातलो

एजेन्सी। हुन त तुलसीको पातले विभिन्न किशिमका स्वास्थ्य समस्याहरुलाई निर्मुल पार्ने गर्दछ।

आयुर्वेदमा पनि तुलसीको महत्वका बारेमा निकै चर्चा गरिएको छ। करिब-करिब सबै नेपालीको घरमा तुलसीको पात राखिएको हुन्छ भन्दा अतियूक्ती नहोला। तुलसीको पूजा गर्नुका साथै यसको डाँढ तथा पातलाई औषधिको रुपमा पनि प्रयोग गर्ने गरिन्छ। तर धेरैलाई थाहा नहुन पनि सक्दछ की तुलसीको पातले साइड इफेक्क पनि गर्छ। बहुगुणी तुलसीको पात कुन अवस्थामा कस्ले सेवन गर्दा बेफाइदा हुन्छ त आउनुहोस् जानौं।

Advertisement

गर्भवती महिलाका लागि ठीक हुदैंन

तुलसीको पातले गर्भवती महिलाको स्वास्थ्यसँगै पेटमा हुर्किरहेको बच्चालाई पनि नोक्सान पुर्याउन सक्दछ । यतिसम्म कि कुनै–कुनै अवस्थामा त गर्भपात अर्थात गर्भ नै तुहिनेसम्म हुन सक्दछ । तुलसीको पातमा ऐस्ट्रागल नामक एक तत्व रहने गर्दछ जसले गर्भासयमा असर पुर्याउने गर्दछ ।

मधुमेहका बिरामीले पनि तुलसी नखाऔं

विभिन्न किशिमका अध्ययनहरुका अनुसार तुलसीको पातहरुको सेवनले रगतमा चिनीको मात्रा कम हुन जानछ । मधुमेहका बिरामी जो औषधि सेवन गरिरहेका छन् भने तुलसीको पात खानु निकै हानिकारक बन्न सक्दछ । औषधिको साथै तुलसीको पातले रगतमा चिनीको मात्रा ह्वात्तै घट्दा समस्या आउन सक्दछ।

फर्टिलिटीमा समस्या

हुनत यस विषयमा गहिरो गरी अध्ययन हुन बाँकी रहेपनि यसको सेवनले सन्तान उत्पादन गर्ने उमेरका पुरुष तथा महिलाहरुमा उनीहरुको सन्तान उत्पादन क्षमतामा ह्रास ल्याइदिन सक्छ । तुलसीमा प्रजनन सम्बन्धि हर्मोन कम गर्ने क्षमता रहने हुँदा पनि फर्टिलिटीमा समस्या आउन सक्दछ।

रगत पातलो गर्दछ

तुलसीको पात सेवनले शरीरमा रहेको रगत पातलो गर्न मद्दत गर्दछ। यदि कसैले रगत पातलो गर्ने औषधि लिइरहेको अवस्थामा तुलसीको पात पनि सेवन गरेमा दुवैको मिसावटले मानिसलाई नराम्रो असर पार्न सक्दछ। यसकारण तुलसीको पात वा अन्य औषधिमध्ये एउटा मात्र सेवन गर्नुपर्दछ।

कलेजोलाई असर पर्न सक्छ

डब्लुएचओका अनुसार हामीले दुखाई कम गर्ने औषधि सेवन गरिरहेको बेला तुलसीको पात खानु हुँदैन्। यी दुवै चिज एकै पटक वा एकै समयमा नियमित खाएमा यसले कलेजोको कार्यप्रणालीमा गम्भीर असर पार्न सक्दछ।

More News last news
Loading...