कुर्सिमा घन्टौसम्म बसिरहनु हुन्छ ? होसियार ! क्यन्सारको खतरा हुन्छ

एजेन्सी। लामो समयसम्म टेबल अथवा कुर्सिमा एकैठाउँमा बसी रहनु स्वास्थ्यको लागि निकै हानि हुन्छ । बस्नु पर्दा पुरुषको तुलनामा महिलाको शरिरमा अधिक मात्रामा समस्याहरु आउने गरेको पाइएको छ।

लगातार ८ घण्टा भन्दा बढी एकैठाउँमा बसी कार्य गर्नुपर्दा उमेर बढ्दै जाँदा शरिर कमजोर हुँदै जाने समस्या देखापर्ने गर्छ। यसरी लामो समयसम्म लगातार बसेर काम गर्दा तपाईको शरीरको प्रतिरक्षा प्रणाली समेत कम्जोर बन्दै जानेछ।

Advertisement

तपाईलाई थाहानै हुन सक्छ कि अधिकांस महिलाहरुलाई गर्दन वा खुट्टाको समस्या हुने गरेको छ। महिलाहरुमा देखिने यस्ता समस्याका कारण पनि यसरी लामो समयसम्म लगातार बस्ने गर्नु हो।

यस्तो कार्यले महिलाहरुमा मोटोपनका साथै क्यान्सरको समेत उच्च सम्भावना हुनेगर्छ। त्यसैले यस्ता कार्यहरु गर्दा महिलाहरुमा बढी समस्याहरु आइपर्ने हुँदा कुनै शारिरिक समस्या देखा पर्ने बितिकै स्वास्थ्य संस्थामा गई रगत वा प्रेसर जांच गराउनु आवश्यक हुन्छ।

More News last news
Loading...