आँखा कमजोर भए यी उपाय अपनाउनुहोस्

काठमाडौँ । मानव जीवनको संवेदनशील अंग आँखा अत्यन्तै आवश्यक रहेको छ। विश्वभरका ७० प्रतिशत मानिसमध्ये अधिकांशले आँखाको समस्या झलिरहेका छन्। आँखा दुख्ने, पोल्ने, चिलाउने, सुख्खा हुने जस्ता समस्या मानिसमा दिन प्रतिदिन बढ्दै गइरहेको छ।

आधुनिक जीवनशैलीमा बढ्दो मोवाइल , कम्युटर, आइप्याड जस्ता अत्याधुनिक सामाग्रीको अधिक प्रयोगले आँखाको समस्या बढ्दै गएको पाइएको छ । आँखाको समस्या भएको कारण धेरै व्यक्तिले चस्मा प्रयोग गर्ने गरेका छन् । कतिले चस्माको झन्जटबाट मुक्त पाउनको लागि लेन्सको प्रयोग गर्ने गर्छन् । सामान्यत तया आँखामा समस्या भएपछि निको हुन्न भन्ने मानिसहरुको धारणा रहेको छ तर आँखाको समस्यालाई घरेलु उपायको प्रयोग गरेर निको पानै सकिन्छ ।

Advertisement

त्यसको लागि मसाज र खानपिनको शैलीलाई परिवर्तन गर्नुपर्छ । आँखा वरिपरिको भागलाई औँलाको टुप्पोको सहायताले बदामको तेल लगाएर मसाज गर्ने । हल्का तरिकाले गोलकार शैलीमा आँखाको मसाज गर्नुपर्छ ।

यसरी मसाज गरेपछि काक्रो र सोफको पैस्ट लगाउनुपर्छ । सुप र काक्रोको पेस्ट बनाउनको लागि सुरुमा नै भिजाएर राख्नु राम्रो हुन्छ । भिजाएर राखेको सुप र काक्रोलाई मिसाएर पिस्ने । त्यसपछि केही मेनेटसम्म उक्त पेस्टलाई फ्रिजमा राख्ने । आँखाको वरिपरि लगाएर करिब तीस मिनेटसम्म राख्ने । कम्प्युटरको अगाडी धेरै बस्ने व्यक्तिले हप्तामा दुईपटक सम्म लगाउने । यस्तो पेस्ट राती सुत्नुभन्दा अगाडी नै लगाउनुपर्छ ।

घ्यू कुमारीको जुसले पनि आँखाको समस्यालाई निको पार्छ। घ्यूकुमारीको जुस आँखा कमजोर हुने व्यक्तिले सेवन गर्नु फाइदाजनक रहेको छ । अमलाको जुस, गाँजरको जुस पनि आँखाको लागि राम्रो हुन्छ । त्यस्तै पेटको समस्याले आँखामा असर पर्ने हुँन्छ। त्यस्तै अपच हुने जस्ता खानेकुराबाट टाढा रहनुपर्छ। अत्याधिक पानी पिउनुपर्छ । र फाइबर युक्त खानेकुरा बढी खाने गर्नुपर्छ।

More News last news
Loading...