(कथा) बिहानै उनको एक कल फोनले विझाएपछि …

राज भण्डारी  । बिहानि पखको आँखा खुल्न पाएको थिएन। आज उनको फोनले बिउझायो वहा कति खुसिको दिन भनेर खुसिसाथ फोन उठाए र भने, सधै यसरि नै तिम्रो बोलिले उठ्न पाउ सानु । उ जिस्किदै भनि त्यसो भए मलाई पनि साथमै लगेर राख्नुस न त म नि जिस्किदै भनिदिए, पछि त मेरै हो नि ल्याईहाल्छु नि । त्यसपछि उ निरास हुदै भनि, हेर्नु न आज मैले नराम्रो सपना देखे एक पटक भेटम त, मैले हुन्छ भनिदिए र केहि वेरपछि भेट्ने ल भनेर उठे अनि तयार भएर उसले बलाएको ठाउमा गए करिब १५ मिनेट चाडो पुगेको थिए, मायामा कति बर्ष त प्रतिक्षा गरेका हुन्छन् भने मेरो त केहि समय न थियो।

उसले बोलाएको समयमा आईपुगिनन् उ अनि सोचे काठमान्डौको जाम यस्तै त होनि । करिब एक घन्टा हुदा सम्म आईन एक कल फोन गरे उठाईन त्यसको केहि बेरपछि उसले फोन गरि मुर्ख आज April first हो नि, म निरास भए र फोन राखिदिए अनि सोचे, april first भनेको त आफुसँग सधै रमाईलो र ठट्टा गर्नेसँग मनाउने कुरा हो कसैको चोखो मनसँग खेलबाट गर्ने कुरा होईन । मायामा त केवल सच्चा मन हुन्छ र विश्वासमा अडिएको हुन्छ प्रेम जसलाई ख्याल ठट्टाको दिन नै किन नहोस् ठट्टा गरेर कहिल्यै लत्याउन हुन्न, एक पटक तोडिएको बिश्वासले नै कोमल मन फेरि कठोर बन्न सक्छ।

Advertisement

More News last news
Loading...