विहानमा गरिने नास्ता दिनभरीको उर्जाका लागि महत्वपूर्ण मानिन्छ। दिनभरीको उर्जा कायम रहोस् भनेर विहानमा नास्ता खाने गरिन्छ । तर त्यही खानेकुरा गलत पर्न गयो भने उर्जाको उल्टो आलस्यता, तनाव र विभिन्न अरु समस्या देखिन सक्छन्।
यहाँ विहानमा खान नहुने ५ प्रकारका खानाको विषयमा चर्चा गरिएको छ।
१ जुस
विहानै जुस पिउनु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन। ताजा भएपनि विहानै जुस पिउनु लाभदायक हुँदैन । ‘हेल्थीपण्डा डट नेट’ का अनुसार सुन्तलाको जुस नै पिउन मन लागेपनि १ मात्र सुन्तला निचोर्नुस्। अथवा पानीको साटो सुन्तलाको रस र पानी पनि पिउनुस्।
२ जाम र टोष्ट
जाम लगाएको टोष्ट पनि विहानमा खानु घातक मानिन्छ। यसमा अत्याधिक कार्बोहाइड्रेट हुने हुँदा विहानमा राम्रो मानिँदैन। खानै परे अण्डा जस्ता प्रोटिन भएका खानेकुरा खानुस्।
३ डोनट वा पेष्ट्री
विहानै डोनट वा पेष्ट्री खाने बानी छ भने छोडिदिनुस्। मिठो भएपनि स्वास्थ्य र फिटनेशको दृष्टिले विहानमा डोनट खानु राम्रो मानिँदैन। यसको सेवनले रगतमा अत्याधिक सुगर बढाउँछ र विरामी बनाउँछ।
४ प्यानकेक वा चकलेट तथा आइसक्रिम
विहानै प्यान केक वा चकलेट खाने बानी खराव हो। यसले तपाइँको शरीरमा अत्याधिक सुगर पैदा गर्छ। विहानमा यति धेरै सुगर भन्दा अन्य खानेकुरा खानु राम्रो हुन्छ। आइसक्रिम पनि विहानमा खानु घातक हुन्छ।
५ वर्गर
विहानमा वर्गरमा मासु वा अन्य गरिष्ठ भोजन मिलाएर गर्नु राम्रो हुँदैन। वर्गर साधा खाएमा भने त्यति हानी गर्दैन । अन्यथा यसले पनि स्वास्थ्यमा प्रतिकुल असर गर्न सक्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
