धेरै समय दूध उमाल्दा हुनसक्छ यी साइड इफेक्ट

गाईभैंसीको दूध हामी पोषणका लागि सेवन गर्छौं । गाईबस्तु पाल्नुको प्रयोजन नै त्यसको दूध हो। दुधलाई शुद्ध र उत्तम पेय पनि मानिन्छ।

अक्सर हामी दूध उमालेर सेवन गर्छौं । दूध उमाल्दा त्यसमा रहेको सुक्ष्म जीवाणु नष्ट हुने गर्छ । तर, दूधलाई बारम्बार उमाल्नु स्वास्थ्यका लागि भने हानिकारक हुनसक्छ । दूधमा शरीरका लागि आवश्यक पोषण तत्व पाइन्छ।

Advertisement

दूधमा क्यालिसयम, बोसो, प्रोटिन, फास्फोरस, विटामिन बी १२ , भिटामिन ए तथा राइबोˆलेविन जस्ता कयौ स्वास्थ्यवर्द्धक तत्व दूधबाट पाइन्छ ।

जसले दाँत तथा हड्डीलाई मजबुती प्रदान गर्नुका साथै शरीरलाई उर्जा प्रदान गर्छ । बारम्बार दूध उमाल्नाले यी पौष्टिक तत्व नष्ट हुने गर्छ।

समस्या के छ भने अहिले शहरिय क्षेत्रमा दूध पनि पोषण तत्वले भरिपूर्ण नपाइन सक्छ । व्यवसायिक रुपमा गाइपालन गर्नेहरुले बढी भन्दा बढी दूध उत्पादनका लागि विभिन्न किसिमका खानेकुरा गाइबस्तुलाई ख्वाउने गर्छन् । दूधमै पनि मिसावट हुने गर्छ। यस्ता दूध भने लामो समय उमाल्नै पर्ने हुनसक्छ । तर, विशुद्ध दूध जो प्राकृतिक रुपमा उत्पादन भएको छ, त्यस्तो दूध लामो समय उमाल्दा त्यसमा रहेको पोषक तत्व नष्ट हुन्छ ।

दूधलाई धेरै समय उमाल्दा के हुन्छ ?

एक अध्ययनका अनुसार बारम्बार दूध उमाल्नाले यसमा रहेका पौष्टिक तत्व नष्ट हुन्छ भन्ने कुरा थोरैलाई मात्र जानकारी छ । कतिपयमा के धारणा पाइन्छ भने, धेरै समय दूध उमाल्दा त्यो स्वादिलो र थप पोषिलो हुन्छ । तर, लामो समय दूध उमाल्दा त्यसमा रहेको पोषक तत्व पनि नष्ट हुन्छ ।

दूध उमाल्दा ध्यान दिनुपर्ने कुरा

दूधमा रहेको पोषण तत्व नष्ट हुन नदिन दूधलाई बारम्बार उमाल्नबाट बचाउनु पर्छ । यसबाहेक, दूध उमाल्नै परेको अवस्थामा यसलाई तीन मिनेट भन्दा बढी समय उमाल्नु हुँदैन । र, जब सम्म दूध तताइन्छ, तबसम्म यसलाई चम्चा वा छान्नीको सहायताले चलाईरहनु पर्दछ।

दूधलाई सकेसम्म कम उमाल्नु पर्छ । उमाल्नै परेमा पनि धेरै बेर उमाल्नु हुँदैन।

More News last news
Loading...