यी ५ कारणले घटाउँछ यौन इच्छा, जान्नुहोस् …

काठमाडौँ । यौन जीवनको निक्कै महत्वपूर्ण पाटो हो। खासगरी बैबाहिक जीवनमा यौन सन्तुष्टीको भूमिका महत्वपूर्ण मानिन्छ। यौनिक रुपमा सन्तुष्ट हुने जोडीहरु जीवनमा बढी खुसी र सफल हुने पछिल्ला शोधहरुले देखाएको छ ।तर केही यस्ता कारण छन् जसले यौन जीवनमा नकारात्मक भूमिका खेल्न सक्छ।

के हुन् त यस्त कारण ?

१ ओच्छ्यानमा खाने बानीः

राति ढिला र ओच्छ्यानमा बसेर खाने बानि छ भने यो बानी आजै देखि छोड्नुस् । यसले पनि यौन जीवनमा नकारात्मक भूमिका खेल्ने शोधकर्ताहरुले बताएका छन्।

Advertisement

२ सँधै नशामा रहनुः

यदि तपाइँ सँधै नशामा ओच्छ्यानमा जानु हुन्छ भने यसले तपाइँको यौन जीवनमा राम्रो गर्दैन। सेक्सुअल मेडिसिन जर्नलमा प्रकाशित शोंधमा नियमितरुपमा मदिरा वा सिगरेट जस्ता नशा लिँदा यौन जीवनमा नकारात्मक भूमिका खेल्ने उल्लेख छ। ५००० हजार मानिसमा गरिएको अध्यनमा नियमित नशा सेवन गर्ने मानिसमा उत्तेजना नहुने, शीघ्र स्खलन हुने वा चाहाना नै नहुने जस्ता समस्या देखियो।

३ बेडरुममा टिभीः

यदी तपाइँको सुत्ने कोठामा टिभी छ भने त्यसले पनि तपाइँको यौन जीवनमा नकारात्मक प्रभाव पार्छ। सुत्नु अघि अबेर सम्म टिभी हेर्दा निद्रामा समस्या हुने र यौन प्रति चाहाना नहुने अध्यनले देखाएको छ।

४ फोनको प्रयोगः

यदि तपाइँ ओच्छ्यानमा पनि फोन साथमै राख्नु हुन्छ भने त्यो पनि तपाइँको यौन जीवनका लागि घातक हुन सक्छ। यसले सामाजिक जीवनमा राम्रो भूमिका खेले पनि निजी जीवनमा राम्रो गर्दैन । स्वस्थ यौन जीवनका लागि सुत्ने बेला फोन साथमा नराख्नुस्।

५ राति अवेर सम्म कामः

कार्यालय वा घरमा राति राति सम्म काम गर्नु हुन्छ भने तपाइँको यौन जीवन बरवाद हुँदैछ। शोधमा अवेर सम्म ओच्छ्यानमा ल्यापटप वा अन्य उपकरण चलाउने र राति सम्म काम गर्नेहरुको यौन जीवन पनि राम्रो नहुने देखिएको छ। राति अवेर सम्म काम गर्दा यौन चाहाना कम हुँदै जाने अध्यनको निष्कर्ष छ। यि कुरामा केही समय ध्यान दिनुस् तपाइँको यौन जीवन अहिले भन्दा पनि राम्रो हुनेछ।

More News last news
Loading...