खाना खाने वित्तिकै कहिल्यै पनि नगर्नुस् यी ५ काम

खाना खाएपछि निद्रा लाग्न खोज्ने स्वभाविक हो । कुनै बेला त यति थकान महसुस हुन्छ कि ओच्छ्यान देख्नासाथ पल्टिन मन लाग्छ । तर खाना खाइसकेपछि यी ५ काम भने गर्नु हुँदैन। यदी गर्नु भयो भने तपाइँको पाचनमा समस्या हुने मात्र होइन स्वास्थ्य पनि विग्रिन सक्छ।

१- तत्काल नसुत्नुस्
खाना खानासाथ पल्टिने बानी छ भने आजै देखि छोड्नुस्। खाना खाने वित्तिकै पल्टिँदा पाचनमा समस्या हुन्छ र तपाइँलाई अन्य संक्रमणको पनि खतरा बढ्छ।

Advertisement

२- सिगरेट नपिउनुस्
चुरोट पिउने बानी भएकाहरु खाना खाइसकेपछि एक सर्को चुरोट तान्न मन पराउँछन् । तर खाना खाने वित्तिकै चुरोट तान्दा तपाइँलाई स्वास र मुटु सम्बन्धि गम्भिर समस्या हुन सक्छ । यसले क्यान्सरको खतरा पनि बढाउँछ ।

३- तत्काल नुहाउनु हुँदैन
खाना खानासाथ नुहाउनु राम्रो होइन। यसले तपाइँलाई गम्भिर समस्यामा पार्न सक्छ। नुहाँउँदा हात खुट्टामा रक्त सञ्चार बढ्ने हुँदा यसले पेटमा पाचन प्रभाह प्रभावित हुन्छ।

४- फल नखानुस्
खाना खानासाथ फल खाने बानी पनि राम्रो होइन। फल पेटमा टाँसिने हुँदा यसले तपाइँको पाचन प्रणाली प्रभावित गर्छ। खानासँगै खाएको फलले चाहे जति पोषक तत्व दिन पनि सक्दैन। खाना खानु अघि या पछि १ घण्टाको फरकमा मात्र फल सेवन गर्नुस्।

५-चिया नखानुस्
चियाको पातमा उच्च अम्लिय पदार्थ हुन्छ । यसले प्रोटिनलाई पचाउन दिँदैन । सजिलै पचाउन नदिने चियाँ खाना खानु अघि र खाए लगत्तै नखानु राम्रो मानिन्छ।

More News last news
Loading...