निचोरेर फालेका कागतीको चार अनौठा फाइदा

कागती अत्याधिक प्रयोग हुने फल हो। चियादेखि अनुहार चमकाउनसम्म कागतीको प्रयोग हुन्छ। यसको अचार पनि त्यतिकै स्वादिलो हुन्छ।

कागतीले नुहाँउदा चाँया पर्ने समस्या हट्छ। यतिमात्र होइन, निचोरेको कागतीका पनि धेरै फाइदा छन्। तर हामी थाहा नभएर त्यसको प्रयोग भने गर्दैनौं।
यी हुन निचोरेर फालेका कागतीका चार अनौठा फाइदाः

Advertisement

भाडा डढेको दाग मेटाउन
कहिलेकाही खाना पकाउदा भाँडा डढ्न सक्छ। खाना डढेर कुकर वा कुनै भाँडाको भित्र र बाहिर कालो हुन सक्छ। यस्तो अवस्थामा मन तातो पानीमा निचोरेको कागतीलाई केही बेर डुबाउने र त्यसले रगेटेर माझ्नाले डढेको दाग हट्छ।

हातको चिल्लो हटाउन
तपाईले याद गर्नु भएकोले होला प्राय रेस्टुरेन्टमा सानो कचौरा वा गिलासमा मन तातो पानीमा कागती डुबाएर राख्ने गरिन्छ। किन राखिन्छ कागतीलाई यसरी ? रेस्टुरेन्टमा निकै चिल्लो तथा मसलादार खाना खाँद हातमा लागेको चिल्लो हटाउन कागती पानीले मद्धत गर्ने भएकोले यस्तो व्यवस्था गरिएको हो।

निचोरेको कागतीलाई हातमा दल्नाले चिल्लोपन हट्छ। साथै कागतीमा हुने एसिडयुक्त तत्वले नङको फोहर फाली चमक गराउँछ।

कपडामा चमकपन ल्याउन
सेतो लुगामा कालो वा अन्य टाटो लागेर हैरान हुनु भएको छ ? आत्तिनु पर्दैन, फालिएको कागतीलाई पानीमा निचोरेर लुगालाई १५ मिनेट छोडिदिनुहोस। १५ मिनेटपछि ती लुगालाई साबुन पानीले साबिक झै धुनुहोस। तपाईको लुगाको चमक पूर्ववत अवस्थामा फर्किन्छ। कागती पानीले लुगाको जुनसुकै फोहर सफा बनाइदिन्छ।

घरलाई बासनादार बनाउन
कागतीको बासना आफैमा मगमग आउने भएकोले यसले वातावरणलाई सुगन्धित बनाउछ भने अनावश्यक झिंगा पनि फैलिदैनन्। सम्भव भए घरको वरिपरि कागती लगाउनुहोस। घरका कुना काप्चा ढुडी लागेर वा हावा नछिरेर नराम्रो गन्ध त आएको छैन ? यस्तो बेलामा तपाईले कोठाका कुना कुनामा अत्तर छर्ने चिन्ता लिनु पर्दैन। फालिएका एकदुई ओटा कागती भए पुग्छ।

निचरेको कागती वा वोक्रालाई कुनै सेतो र सफा कपडामा राखेर कुनामा फालिदिनुहोस। दुई तीन घन्टासम्म कागतीको बासनले कोठा नै सुगन्धित हुन्छ। फेरी तीन घन्टा पछि पुन कागतीको बोक्रा कपडामा घोटेर छोडिदिनुहोस , यसले कोठालाई बासनायुक्त बनाइदिन्छ। कागतलीलाई तपाईले किचेनको विभिन्न स्थानमा पनि घोटेर बासनायुक्त बनाउन सक्नुहुन्छ। कागतीले फ्रिजको गन्ध पनि हटाँउछ।

More News last news
Loading...