गर्भावस्थामा भुलेर पनि नर्गनुस् यी गल्ती

गर्भावस्था यसकारण पनि रोमान्चक हुन्छ कि, ‘पैदा हुने बच्चा कस्तो होला ?’ आफ्नो गर्भमा हुर्किरहेको बच्चाको रुपरंग कस्तो होला भन्ने कौतुहलताले मनलाई उथलपुथल बनाइरहेको हुन्छ।

यससँगै अज्ञात भय हुन्छ, ‘जन्मने बच्चा स्वस्थ त होला ? कुनै शारीरिक कमजोरी पो हुने हो कि ?’ यस्तो चिन्ता हुनु स्वभाविक नै हो।

Advertisement

हरेक गर्भवती महिलाले गर्भाधारण गर्नासाथै आफ्नो गर्भमा हुर्किरहेको बच्चा तन्दुरुस्त र स्वस्थ जन्मियोस् भन्ने कामना गर्छन्। आफ्नो बच्चामा जन्मजात कुनै किसिमको स्वास्थ्य समस्या नहोस् भन्ने उनको चाहना हुन्छ।

तर, बेलाबखत केही जटिलताको कारण जन्मैदेखि नै बच्चामा केही समस्या देखिन सक्छन्। चिकित्सकहरुका अनुसार गर्भावस्थाको क्रममा भएका सानो भन्दा सानो गल्तीले पनि बच्चा अपांग हुन सक्छन्। पर्याप्त पौष्टिक आहार नलिनाले, क्याल्सियम र भिटामिन डिको कमीको कारणले पनि गर्भमा हुर्किरहेको शिशुमा केही कमीहरु देखिन्छन्।

विशेषज्ञहरुको कुरा मान्ने हो भने गर्भावस्थाको क्रममा महिलाहरुको शरीरमा धेरै खालका परिवर्तनहरु हुन्छन्। यसमा हार्मोनल परिवर्तन पनि मुख्य हो। यसै कारण उनीहरुलाई समय-समयमा केही विशेष खान मन लाग्छ । जस्तैः अमिलोपिरो, चटपटे, कुनै विशेष परिकार आदि।

गर्भावस्थामा यस्तो गर्नाले आमालाई त सन्तोष दिन्छ तर, बच्चामा यसको नकरात्मक प्रभाव पर्छ जसले उनीहरुमा अपाङ्गताको खतरालाई बढाइदिन्छ। गर्भावस्थाको क्रममा निम्न कुरालाई ख्याल राखेर आफ्नो हुनेवाला शिशुलाई अपाङ्गताबाट बचाउन सक्छ।

सबै जरुरी जाँच गराउनुहोस्

गर्भाधारण गर्न चाहनुहुन्छ भने ३ महिना पहिलेदेखि नै गर्भावस्थाको तयारी सुरु गर्नुपर्छ। तीन महिना पहिले सबै आवश्यक परिक्षण जस्तै थाइराइड, सिस्ट आदिको परिक्षण गराउनुहोस्।

साथै गर्भावस्थाको ३ महिना पहिले नै महिलाहरुले फोलिक एसिडको सेवन गर्नुपर्छ। फोलिक एसिडको सेवनले बच्चा र आमामा रगतको कमी हुँदैन र यसको कारणले पछि कुनै समस्या हुँदैन।

More News last news
Loading...