सुत्नुअघि तेलले पैतला मालिस गर्नुहोस्, पाउनुहुनेछ यतिधेरै फाइदा

खुट्टाको पैतालामा मालिस गर्दा शरीरमा विभिन्न फाइदाहरु हुन्छन् । अझ राति सुत्नुअघि खुट्टाको पैताला मालिस गरेमा स्वास्थ्यलाई निकै नै फाइदा हुने विशेषज्ञहरु बताउँछन् ।

सुत्नुअघि पाइतालामा मज्जाले १५ मिनेट मालिस गर्नुभएमा शरीरको मेटाबोलिजम ठीक रहन्छ । यस्तै राति पैतलामा मसाज गर्दा तौल घट्ने र बोसो पनि कम हुन्छ ।

Advertisement

यस्तै सुत्नुअघि पैतला मालिस गर्दा दिनभरिका तनाव मेटिने चिकित्सकको भनाई छ । दिनभरि कामको बोझले हुने थकान र तनावबाट बच्नका लागि पैतलाको मालिस गर्नुस् । शरीरले आराम अनुभव गर्छ र राम्रो निद्रा लाग्छ ।

यसैगरी राति सुत्नुअघि पैतला मालिस गरेमा रक्तचाप पनि नियन्त्रण हुन्छ । अझ, उच्च रक्तचापको समस्या भएकाहरूका लागि मालिस वरदान नै हो। राति सुत्नुअघि नरिवल वा बदामको तेलले पाइतालाको मालिस गरेमा रक्तचाप नियन्त्रण हुन्छ।

More News last news
Loading...