आँखा माथिको आँखी भौ पातलो भयो ? केही दिनमै यसरी बनाउनुस् बाक्लो

काठमाडौँ । सुन्दर बन्नको लागि शरीर मात्रै राम्रो भएर हुदैन। शरीरका विभिन्न अङ्गहरु पनि उत्तिकै राम्रो हुनु पर्छ अथवा बनाउनु पर्दछ। बिशेष गरि महिलाले आफ्नो शरीरको सजावटमा सधै ख्याल गर्ने गर्दछन। अनुहार,हात,खुट्टा कपाल देखि सानो सानो कुराहरुमा निकै ख्याल गर्ने गर्दछन।

त्यस्तै महिलाहरुले बनाउने आइ’ब्रो’रआँखी भौ चिटिक्क राम्रो बनाएका हुन्छन जसले गर्दा सुन्दर झन् थपिएर सुन्दरी देखिन्छन।

Advertisement

तर कसैको भने पातलो राम्रोसंग नचिन्ने साना-साना रौ मात्रै हुन्छन जसले गर्दा महिलाहरु अन्य कालो बस्तु लगाएर आँखी भौ देखाउछन। बिशेष गरेर मंगोलियन अनुहारका युवतीहरुमा आँखी भौ पातलो र थोरै मात्रामा मात्रै हुन्छ।

 


बलिउड अभिनेत्री श्रद्धा कपूर नेपालकी बुहारी बन्दै, यी युवकले गर्दैछन् बिबाह

एजेन्सी । दीपिका पादुकोण र रणवीर सिंह, प्रियंका चोपडा र निक जोनसको ग्रान्ड विवाहपछि अब अर्की अभिनेत्री श्रद्धा कपूरको विवाहको खबर अहिले चर्चामा छ । उनी अर्को वर्ष कथित प्रेमी रोहन श्रेष्ठसँग विवाह बन्धनमा बाँधिन लागेको खबर बाहिरिएको छ । रोहन नेपाली मुलका हुन् । उनी भारतमा बसेर फोटोग्राफी गर्दै आएका छन् । श्रद्धासँग उनी एक वर्षदेखि प्रेममा रहेको चर्चा छ ।

एजेन्सीको अनुसार, श्रद्धाले विवाह गर्ने मुड बनाएकी छन् र उनी चाँडै रोहनसँग विवाह गर्नेछिन् । बर्षौदेखि एकअर्कालाई राम्रोसँग चिन्ने उनीहरुले गएको वर्षदेखि डेटिङ सुरु गरेका हुन् । श्रद्धा अहिले ३३ वर्षकी छन् । उनलाई माता(पिताले विवाहको बारेमा सोच्न सल्लाह दिएका छन् । उनले प्रेमी रोहनसँग पनि विवाहको बारेमा कुरा गरिसकेको खबर छ । सबै ठिक रहे अर्को वर्ष दुईले लगनगाँठो कस्ने अपुष्ट खबर छ ।

यसअघि श्रद्धा र फरहान अख्तरको रिलेसनसिपको खबर आएको थियो । ुरक अनु फिल्मको छायांकनको बेला उनीहरु नजिक भएका थिए । तर, श्रद्धाका पिता शक्ति कपूरले यस्ता गसिपको खण्डन गरेका थिए । उनले छोरीको विवाहलाई पनि अफवाह मात्र रहेको दाबी गरेका छन् । उनले छोरीले अझै ५ वर्ष विवाह नगर्ने र अहिले उनी पाइपलाइनमा रहेका फिल्ममा फोकस रहेको बताएका छन् ।

श्रद्धा र रोहनको लिंकअपलाई लिएर भएको सवालमा उनले भने, यो फिल्म इन्डस्ट्री हो, लिंक गर्दैमा केही हुँदैन । रोहनका पिता बलिउडका लोकप्रिय फोटोग्राफर हुन् र मेरो राम्रो साथी हुन् । मेरी छोरीले आफ्नो लाइफमा जे भए पनि मलाई शेयर गर्ने गर्छिन् । उनी परिवारको अनुमती बिना कहिल्यै विवाह गर्दिनन् । रोहनले पनि यसअघि श्रद्धा मिल्ने साथी मात्र रहेको बताएका थिए ।

अहिले श्रद्धा फिल्म साहो मा व्यस्त छिन् । यो फिल्मको दोस्रो टिजर उनको जन्मदिनमा सार्वजनिक गरिएको थियो । यो फिल्ममा बाहुबली स्टार प्रभास मुख्य भूमिकामा छन् । टिजरमा प्रभास र श्रद्धालाई जबरजस्त एक्सन लुक्समा देखिएको थियो । यो फिल्मबाट श्रद्धा कपूर साउथ सिनेमामा डेब्यू गर्दैछिन् । फिल्मका निर्देशक सुजीत हुन् । यो फिल्मका लागि श्रद्धाले एक्सनमा निकै मिहिनेत गरेकी छन् ।

More News last news
Loading...