सानै उमेरमा कपाल फुलेको छ ? यसो गर्नुहोस्

काठमाडौं । अचेल सानै उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई चिन्तित बनाएको हुन्छ। यसले मानिसमा निराशापनसमेत बढाउँछ। चिकित्सकका अनुसार कपाल फुल्ने प्रमुख कारण वंशाणुगत नै हो।

बुबाआमाको कम उमेरमा नै कपाल फुलेको थियो भने पनि कम उमेरमै कपाल फुल्न सक्छ। यसबाहेक रक्तअल्पता, थाइराइड, भिटामिनको कमी, जिङ्कको कमी, विभिन्‍न औषधि सेवन, एन्टी क्यान्सर औषधि सेवनजस्ता कारण पनि कपाल फुल्छ। बालबालिकालाई चाहिने पौष्टिक आहारको कमी भए कुषोषण हुनुको साथै कपाललाई आवश्यक पर्ने पौष्टिक तत्त्व कमी हुन्छ।

Advertisement

यसका कारण उमेर भन्दा पहिला नै कपाल फुल्ने सम्भावना हुन्छ। यस्तै क्यान्सर, एड्स जस्ता रोग लाग्यो भने तथा कलेजो तथा पेटका रोगहरूका कारण पनि कपाल फुल्छ। त्यसबाहेक प्रदूषणका कारणले पनि चाँडै कपाल फुल्छ। कपालमा धेरै मात्रामा केमिकलको प्रयोग गर्ने, कपालमा विभिन्‍न थरीको रङ लगाउनेबजारमा पाइने केमिकल युक्त मेहेन्दीको प्रयोगका कारण पनि कपाल फुल्छ।

वंशाणुगत कारणले कपाल फुलेको हो भने यसलाई रोकथाम गर्न सकिँदैन। तर पौष्टिक आहारको कारण हो भने खानपानमा विशेष ध्यान दिनुपर्छ। पौष्टिक आहारको साथै सन्तुलित भोजनको पनि उत्तिकै आवश्यक पर्छ।

साथै खानामा सधैँ हरियो सागपातको प्रयोग गर्नुपर्छ। यसबाहेक क्याल्सियम प्यान्टोथिनेट अर्थात भिटामिन बी फाइभको सेवन गर्नुपर्छ। के कारणले कपाल फुल्ने समस्या देखिएको हो त्यसको पहिचान गरी सो अनुसार उपचार गर्नुपर्छ। –एजेन्सी

More News last news
Loading...