नियमित आलु खानुहुन्छ ? त्यसो भए यी कुरा थाहा पाउनुहोस्

आलु सबैलाई मनपर्ने परिकार हो। विश्वको सबै भागमा पाइने आलु अरु तरकारी भन्दा सस्तो भएको कारणले पनि धेरैले आलुलाई रुचाउने गरेका छन। लामो समय सम्म भण्डारण गरेर राख्न सकिने र सबै परिकारमा आलुलाई मिसाउन सकिने भएको कारण आलु सर्वप्रिय भएको हो।

धनि देखि गरिव सबैको भान्सामा पाक्ने आलुलाइ सबैले मनपराउने र स्वादिलो भएको कारणले आलुलाइ तरकारीको राजाको रुपमा पनि लिन सकिन्छ । यो धनीदेखि गरिब सबैको भान्छामा नियमित पाक्छ । आलु स्वादमा मात्रै अब्बल छैन यसबाट अरु धेरै किसिमका स्वास्थ्य लाभ पाउन सकिन्छ । हाम्रो देशमा मात्रै होइन विश्वभरमा सबैभन्दा धेरै आुलको सेवन गरिन्छ ।

Advertisement

आलुको सेवनले पाचन प्रक्रियामा सुधार, मुटुको स्वास्थ्य राम्रो बनाउने, कोलेस्टेरोलको स्तर कम गर्ने, रगतमा सुगर लेभल नियन्त्रण गर्ने र क्यान्सरलाई रोक्न मद्धत मिल्छ । यस बाहेक आलुले रक्तचाप कम गर्छ, अनिन्द्रा हटाउँछ, प्रतिरक्षा प्रणालीलाई मजबुत गर्छ र उमेर बढ्दै गएको देखिने संकेत कम गर्छ, तरल सन्तुलन बनाइराख्छ ,छालाको रक्षा गर्छ र आँखाको हेरविचारमा सहायता गर्छ ।

आलूमा सबै महत्वपूर्ण पोषक तत्वहरु हुन्छन् । आज हामी तपाईंलाई आफ्नो खानामा आलुलाई किन समावेश गर्ने भनेर भन्न गइरहेका छौं। चिकित्सकहरुले पनि हरेक व्यक्तिले दैनिक कम्तीमा पनि १ आलुको सेवन गर्नुपर्ने सल्लाह दिन्छन् ।

यी हुन आलु खानुका फाइदा

१. रक्तचाप
रक्तचाप नियन्त्रणमा राख्नको लागि कम सोडियम आहार आवश्यक छ तर पोटेसियमको उच्च मात्रा पनि समान रुपले महत्वपूर्ण हुन्छ। पोटोसियमले रक्तनलीको चौडाइलाई बढाउँछ । पोषक तत्व जस्तै क्याल्सियम र म्याग्निसियम सबै आलुमा पाइन्छ । यसले स्वभाविक रुपले रक्तचापलाई नियन्त्रित गर्नमा मद्धत गर्छ ।

२. क्यान्सरबाट बचाउँछ
आलुमा फोलेट हुन्छ । डिएनएको संश्लेषण र मर्ममा फोलेटले एक महत्वपूर्ण भूमिका निभाउँछ । यसले कैयौं प्रकारका क्यान्सर कोषलाई डिएनएमा उत्परिवर्तको कारण बनाउनबाट रोक्छ । फल र सब्जीहरुका सथौ आलुपनि उच्च फाइबर स्रोत हो जसले कोलोरेक्टरल क्यान्सरको जोखिमलाई कम गर्छ । आलुमा पाइने भिटामिन ‘सी’ र कार्सेन्टिन एन्टि अक्सिडेन्टले हाम्रो शरीरलाई क्यान्सरको विनाशकारी प्रभावबाट बचाउँछ ।

३. मुटुको स्वास्थ्य
आलूमा रहेको फाइबर पोटेसियम भिटामिन ‘सी’ र भिटामिन बि६ कोलेस्टेरोलको स्तरलाई कम गर्न मद्धत गर्छ । आलुमा फाइबरको महत्वपूर्ण मात्रा रगतमा कोलेस्टेरोलको कुल मात्रालाई कम गर्न मद्धत गर्छ जसले मुटुको बिरामीको जोखिम कम हुन्छ । आधारमा कार्डियो भास्कुलर बिरामीहरुको खतरा लगभग बराबर हुन्छ ।

४. मस्तिस्कको लागि फाइदाकारी
मस्तिस्कको उचित कार्यप्रणाली धेरै जसो ग्लुकोज स्तर, भिटामिन ‘बी’, अक्सिजनको आपूर्ती, ओमेगा ३ जस्ता फ्याटी एसिड, केही हार्मोन र एमिनो एसिडमा निर्भर गर्छ। आलुमा यो सबै तत्व पाइन्छ त्यसैले आलु मस्तिस्कको लागि पनि धेरै लाभकारी छ भन्दा फरक नपर्ला। आलुले मस्तिस्कलाई थाक्नबाट रोक्छ र तपाईंलाई हरेक समय सतर्क राख्छ।

More News last news
Loading...