बेसारमा एन्टी ब्याक्टेरियल र एन्टिबायोटिक गुण हुन्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले छालालाई चाउरी पर्नबाट मद्दत गर्दछ। ब्युटी एक्सपर्ट शीला एन किशोरका अनुसार बेसारले छालालाई गोरो बनाउन निकै सहयोग गर्दछ। छालामा लगाउनका लागि बजारमा पाइने बेसारभन्दा घरको बेसार प्रयोग गर्दा राम्रो हुन्छ।
यसरी बनाउनुहोस् पेष्टः
बेसारमा बेसन, कागतीको रस र दही मिसाएर अनुहारमा लगाउनुहोस् । यसले गोरी बनाउँछ ।
बेसारमा मह र ओलिभ ओइल मिसाएर छालामा लगाउनुहोस् । यसले छाला खस्रो हुनबाट जोगाउँछ र अनुहार चम्किलो बनाउँछ ।
जैतुनको तेलमा एक चुट्की बेसारको पाउडर मिसाएर अनुहारमा हल्का मालिश गर्नुहोस् । यसले चाउरीपनाबाट जोगाउँछ ।
आलुको रसमा बेसारको पाउडर मिसाएर आँखाको मुनी ‘डार्क सर्कल’ मा लगाउनुहोस् । यो सुकेपछि धुनुहोस् । यसले डार्क सर्कललाई हटाउन सहयोग गर्दछ ।
दुधको तरमा बेसारको पाउडर मिसाएर अनुहारमा लगाउनुहोस् । १५ मिनेट पछि धुनुहोस् । यसले अनुहारको चमक बढाउँछ ।
बेसनमा दही र बेसार मिसाएर हाथ–खुट्टामा लगाउँदा छाला गोरो हुन्छ ।
महमा गुलाब जल र बेसार मिसाएर गर्धनमा लगाउनुहोस् । यो सुकेपछि धुनुहोस्। यसो गर्दा छाला गोरो हुन्छ ।
गोलभेडाको रसमा गुलाब जल र बेसारको पाउडर मिसाएर लगाउँदा घामले डढेको हट्छ। यसले छालामा ग्लो बढाउनका लागि सहयोग गर्दछ ।
बेसारमा चन्दन पाउडर र दही मिसाएर लगाउँदा अनुहारको दाग धब्बा हट्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
